• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • ९. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

नारायणगढको खोला किनारमै बधशाला, पुङ्गी खोलामा बग्यो रगत र मलमुत्र

  •   शनिबार, असार २३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाले शनिबार नारायणगढ बजारमा रहेका पशु बधशालाहरुको स्थलगत अनुगमन गरेको छ । बजारको मध्य भागमा बधशालाहरु निर्माण गरि पशु चौपाया काट्ने गरेको र त्यसको प्रत्यक्ष असर स्थानीय नागरिक र प्रकृतिमा परेको भन्ने व्यापक जनगुनासो आएपछि भरतपुर महानगरपालिकाले अनुगमन गरेको हो । भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीको नेतृत्वमा शनिबार बिहान ३ बजे बजार अनुगमनमा निस्केको टोलिले नारायणगढ क्षेत्रका विभिन्न पशु बधशालाहरुको स्थलगत अनुगमन गरेको हो।

    अनुगमन टोलिले विशेष गरि पशु चौपाया ( रागा, भैंसी काट्ने ) बधशालाहरुको स्थलगत अनुगमन गरेको हो । नारायणगढ स्थित लकु पुल आसपास र पुङ्गि खोला किनारमा बधशाला निर्माण गरि पशु चौपाया काट्ने बधशालाहरुको अनुगमन गरिएको नगर उप प्रमुख चित्रसेन अधिकारीले जानकारी दिनु भयो । मुख्य बजार क्षेत्रमा बधशालाहरु निर्माण गरि पशु चौपाया काट्ने गरेको र त्यसको प्रत्यक्ष असरबाट स्थानीयहरु पीडा भोग्न बाध्य भएको भन्ने जनगुनासो आएपछि हामी एक्सनमा उत्रिएको हौ उप प्रमुख अधिकारीले भन्नू भयो,अब हामी छिटोभन्दा छिटो सरोकारवाला सहितको बैठक बसेर यसको छिनोफानो लगाउने छौ ।

    अनुगमनका क्रममा रगत, मल मुत्र, तथा अन्य बिकारजन्य बस्तुहरु पुङ्गि खोलामा मिसाइएको पाइएको छ । उक्त खोला बिहान हेर्दा सधै जसो रातो हुने गरेको देखिन्छ वडा अध्यक्ष बिकास थापाले भन्नू भयो । अब यसको निकास निस्कने गरि निर्णय गर्न हामी बाध्य हुने छौ । आफू निर्वाचित भएर आए देखि नै यस विषयमा जानकार रहेको बताउदै अध्यक्ष थापाले जो कोहि भएपनी कानुनी दायरामा आउनु पर्ने दावी गर्नु भयो । महानगरपालिकाले ५ वटा बधशालाहरुको स्थलगत अनुगमन गरेको हो ।

    अनुगमनका क्रममा पसल दर्ता, नविकरण, सरसफाइ, मलमुत्र बिसर्जन गर्ने स्थान, पशु चौपायलाइ बध गर्ने तरिका, बध गर्ने स्थान पशु चौपाया राखेको स्थान भन्दा टाढा भए नभएको लगाएतका अन्य विषयहरु माथी निगरानी एवं अध्ययन गरिएको छ । एनिमल नेपालका प्रतिनिधि रामचन्द्र आचार्यले कुनै पनि बधशाला मापदण्डअनुसार नभएको बताउनु भयो । बधशाला सम्बन्धि नियमावली २०७५ अनुसार त्यहाँ भएका कुनै पनि बधशाला मापदण्डअनुसार निर्माण गरिएको पाइएन आचार्यले भन्नू भयो,पशु माथी गरिने यस्ताखालका गतिविधिहरु सरासर अन्यायपूर्ण छन ।

    बधशाला सम्बन्धि नियमावली २०७५ ले पशु चौपायालाई बध गर्नु अघि पुर्ण रुपमा स्वास्थ्य चेकजाँच गरेको हुनुपर्ने, मासु काटेपछि पुन चेकजाँच गरेर मात्रै उपभोक्ता मार्फत बजारमा लैजानु पर्ने,कोल्ड स्टोरको उचित ब्यबस्थापन हुनुपर्ने, ज्वरो आएका पशुपक्षिलाई बध गर्न नपाइने लगाएतका नियमहरुको अधिनमा रहेर बधशाला सन्चालन गर्न पाइने ब्यबस्था गरेको छ । स्थानीय बासिन्दा रामहरी तिवारीका अनुसार सबै बधशालाहरु मापदण्ड बिपरित सन्चालन हुने गरेका छन् ।

    यहाँ भएका सबैजसो बधशालाहरु मापदण्डअनुसार निर्माण भएका छैनन् तिवारीले भन्नू भयो, यसको प्रत्यक्ष असर हामीले भोग्नु परेको छ । विशेष गरि गर्मी याममा यस क्षेत्रमा दुर्गन्ध फैलने र हिडडुल गर्न समस्या आउने गरेको स्थानीय बासिन्दाहरु बताउँछन् । पुङ्गि खोला वडा नम्बर ३ र ४ को सिमाना हुँदै बग्ने गरेको छ । पुङ्गि खोलालाई पछिल्लो समय भरतपुर महानगरपालिकाले सौन्दर्यिकरण गरि पर्या पर्यटनका रुपमा बिकास गर्ने लक्ष्य समेत लिएको छ ।

    अनुगमन टोलिमा भरतपुर ३ का वडा सदस्य माधब अर्याल,एनिमल नेपालका प्रतिनिधिहरु, पत्रकार, प्रहरी, महानगर प्रहरी, सरोकारवाला निकायका प्रतिनिधिहरु, कृष्ण मार्ग शिबपथ टोल बिकास सस्थाका सदस्य तथा प्रतिनिधिहरु र छिमेकीहरुको बाक्लो उपस्थिति रहेको थियोे ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.