• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

नरबहादुरको स्मृति दिवसका सन्दर्भमा नरबहादुरको निष्ठा र नेपाली कम्युनिष्ट आन्दोलनको प्रतिष्ठा

  •   मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    लेखराज रेग्मी

    काठमाडौँ । आज साउन ९ गते, नेपाली कम्युनिष्ट आन्दोलनका मूर्धन्य व्यक्तित्व नरबहादुर कर्माचार्यको स्मृति दिवस । कर्माचार्यलाई नेपालका कम्युनिष्टले मात्र नभई आमजनताले एक अभिभावकको रुपमा उच्च सम्मान गर्दछन् । पुष्पलाल, मोहनविक्रम र निर्मल लामा जो नेपाली कम्युनिष्ट आन्दोलनका वैचारिक राजनीतिक गुरुको रुपमा परिचित छन्, एकपटक नेपाली कांग्रेसका कार्यकर्ता रहिसकेका छन् तर कर्माचार्यको राजनीतिक जीवन नेकाभन्दा फरक र जेठो सङ्गठनबाट सुरु भएको छ ।

    उहाँ बामधारामा रहँदै कम्युनिष्ट पार्टीमा संस्थापक नेताको हैसियत प्राप्त गर्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००९ सालको लेनिन जयन्तीको दिन भयो । पुष्पलालको नेतृत्वमा पार्टी गठनको घोषणा गर्न जुटेका चारजनामध्ये नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायण विलास जोशी संलग्न हुनुहुन्थ्यो । पछि सेप्टेम्बर १५ मा घोषणापत्र सार्वजनिक गर्दा मोतीदेवी पनि सँगै हुनुहुन्थ्यो । मोतीदेवीलाई संस्थापकको सूचीमा राख्न स्थापना दिवस सेप्टेम्वरलाई मान्ने गरियो । संस्थापक टिममा रहेर पनि प्राविधिक कारणले संस्थापक बन्न नपाएका देवेन्द्रलाल श्रेष्ठ पनि हो । पाटनका तीन लालमध्येका एक लालका देवेन्द्रलाल नरबहादुर कर्माचार्यसँगै आजीवन क्रियाशील राजनीतिक जीवन बिताउनुभयो ।

    मनमोहनलगायतको एउटा समूह नेकपामा सामेल भएदेखि क्रमशः संस्थापक किनारा लाग्ने स्थिति बन्यो र देवेन्द्रलाल पनि पछि पर्न थाल्नुभयो तर बडाहाकिम पद छोडेर कम्युनिष्टसँगै रहनुभयो निर्मल लामाको नाम जोडिँदा छुटाउनै नहुने एउटा नाम दिलबहादुर श्रेष्ठ पनि हो जो उपत्यकाको किसान आन्दोलनको अग्रणीमा पर्नुहुन्छ । सिद्धिलाल तुलसीलालसँग जोडिएर रहँदाअर्थात् तेस्रो महाधिवेशनको नेतृत्व अकर्मण्य रहँदा पनि भ्यालीको आन्दोलनमा आफ्ना स्पष्ट विचारसहित पूरै क्रियाशील रहँदै कामरेड नरबहादुर कर्माचार्य चौथो महाधिवेशनको पक्षमा उभिनु भयो । त्यति बेला कामरेड निरञ्जन गोविन्द वैद्य स्वध्याय, लेखन र प्रकाशनसँगै प्रगतिशील पुस्तक बेचेर सन्तुष्ट रहनुभयो । तर कर्माचार्य सक्रिय राजनीतिमा लागिरहनुभयो ।

    एकता केन्द्र गठन हुँदा केन्द्रीय सल्लाहकार समितिको प्रमुख पदमा रहेका नरवहादुर कर्माचार्य दोस्रो पटक केन्द्रीय भूमिकामा देखिनुभयो । एकता केन्द्रको विभाजनपछि अन्तरिम पार्टी प्रमुखको भूमिकामा पुग्नुभएका कर्माचार्यले हासिल गरेको यो नै उहाँको जीवनको सर्वोच्च राजनीतिक पद थियो । तर पदमा रहनु र नरहनुले बहाँको राजनीतिक भूमिकामा कुनै फरक परेन उहाँ सधँै सक्रिय राजनीतिक भूमिकामा रहिरहनुभयो । उहाँ अत्यन्त सहयोगी स्वभावको ब्यक्ति हुनुहुन्थ्यो । म इसासको स्थापना भेलामा भाग लिन सायद जीवनको पहिलो पटक काठमाडौँ आउँदा मेरो सम्पर्क ब्यक्ति र आश्रयदाता र कार्यक्रमस्थलसम्म पु¥याउन उहाँले नै भूमिका खेल्नुभएको थियो ।

    मेरो उहाँसँगको पहिलो भेट र परिचय त्यही नै थियो । संयोगले २०५४ देखि ५९ सम्म एउटै कमिटीमा रहने अवसर जु¥यो । संस्थापकसँग एउटै कमिटीमा रहनु मेरो जीवनको सार्थक समय हो भन्ने लाग्छ । एकताकेन्द्र बनेपछि पार्टीको नेतृत्वको हैसियतले भूमिगत केन्द्रीय कार्यालय स्थापना गर्न रहन बस्न र गोपनीयता कायम रहन कर्माचार्यको महत्वपूर्ण अभिभावकीय भूमिका रहेको छ । बिना भेदभाव पार्टी साथी र नेतृत्वलाई सहयोग गरने उहाँको कार्यशैली अनुकरणिय छ ।

    साथै देखिएका कमीकमजोरीमा खुलस्त आलोचना गर्न सक्ने हैसियत पनि अनुकरणीय छ भन्ने लागेको छ । संस्थापक समितिको कार्य विभाजनमा मजदुरको जिम्मेवारी पाउनुभएका कर्माचार्य केही समय विराटनगरमा रहेर पार्टी काम अगाडि बढाउनुभयो भने निरञ्जन गोविन्द वैद्य भने वीरगञ्जलाई कर्मथलो बनाउँदै बारा पर्साका किसानलाई सङ्गठित गर्न लाग्नुभयो । कामको सिलसिलामा भारतीय कम्युनिष्ट पार्टीका सदस्य बनिसकेका मनमोहन पनि नेपालमा चलेको राणा विरोधी आन्दोलनमा सामेल हुन विराटनगर (गृह जिल्ला) मा आएर मजदुरबीचमा काम गरिरहनुभएको थियो ।

    विराटनगरका कारखाना मजदुरको २००७ को क्रान्तिमा महत्वपूर्ण भूमिका छ र त्यही समयमा छोटो अवधिमै नेकपाको विस्तार जुन ढङ्गले भयो कर्माचार्यलाई यसले स्थापित गरेको छ । आज ट्रेड युनियनको इतिहासबारे चर्चा गर्नेले यसलाई छुटाउनु हुँदैन भन्ने लाग्छ । त्यस्तै वीरगञ्ज क्षेत्रको मजदुर आन्दोलनमा स्थापनाकालीन भूमिकामा पनि उहाँलाई पाउन सकिन्छ । साथै, निरञ्जन गोविन्द वैद्यसँगको सहकार्यमा त्यस क्षेत्रमा कम्युनिष्ट पार्टी र आन्दोलनको उठानमा पनि उहाँको उल्लेख्य भूमिका छ ।

    नेपाली कांग्रेसको नेतृत्वमा भइरहेको सशस्त्र क्रान्तिको समयमा पार्टी नीतिअनुसार भाग लिने नीति तथा भूमिगत पार्टी भूमिकाबीच तालमेल गर्दा बाह्यरुपमा कांग्रेसमय देखिएको भए पनि त्यतिबेला कम्युनिष्ट पार्टीको विस्तार अत्यधिक नै रह्यो र किसान सङ्घ मजदुर सङ्गठनमा बलियो कम्युनिष्ट प्रभाव रहेको पाइन्छ । यसको श्रेय संस्थापकको हैसियतले कार्यक्षेत्रमा खटेर काम गरेबापत कर्माचार्य र निरञ्जन गोविन्द वैद्यलाई जान्छ । राजनीतिकरुपमा २००७ को क्रान्ति दिल्ली सम्झौता र सन १९५० को असमान सन्धिको विरोध पार्टीको घोषित नीति रहनु र यसको विरुद्ध सशक्त आन्दोलन हुनुले स्वभाविक सीमा र कमजोरीका बाबजुद संस्थापक नेतृत्व टिम त्यसैले उहाँमा आवश्यक राजनीतिक स्पष्टता रहेको पाइन्छ ।

    नेपाली कम्युनिष्ट पार्टीको स्थापनाकालमा अन्तर्राष्ट्रिय जगत्मा अतन्त प्रभाव र तरङ्ग पैदा गर्ने दुईवटा घटनालाई याद गर्नुपर्ने हुन्छ । सोभियत सङ्घको अगुवाइमा फासिष्ट तथा नाजीवाद विरुद्ध निर्णायक युद्धमा बिजय प्राप्त भयो । सर्वाधिक शक्तिशाली जर्मन साम्राज्यवादले स्तलिनको नेतृत्वको सोभियत सङ्घसँंग घुँडा टेक्यो । यसले दुनियाँभरमा राष्ट्रिय मुक्ति सङ्घर्षको बिगुल बज्न थाल्यो । सर्वशक्तिमान बृटिश साम्राज्यवादले हिन्द प्रशान्त क्षेत्रबाट हात धोयो । छिमेकी भारत स्वतन्त्र भयो । त्यतिबेला भारतको कम्युनिस्ट आन्दोलन सशक्त ढङ्गले स्थापित भइरहेको थियो । साथै, जापानी साम्राज्यवाद दोस्रो विश्वयुद्धको पराजयसँगै चीनबाट पनि पराजित भएर बाहिरियो ।

    जापान विरोधी युद्धको क्रममा कामरेड माओको नेतृत्वमा सैनिक तथा राजनीतिक रुपमा अनुभव स्पष्टता र शक्ति आर्जन गरेको चिनियाँ कम्युनिष्ट पार्टीले गृहयुद्धमा पनि बरद कायम ग¥यो । अमेरिकी साम्राज्यवादको गोटी बनिसकेको च्याङ काइ सेक नेतृत्वको प्रतिक्रियावादी मोर्चा हार र प्रशान्त क्षेत्रबाट अमेरिकी वर्चश्वसमेत गुम्ने गरी अमेरिकी पराजयसँगै चिनियाँ कम्युनिष्ट पार्टी र माओको प्रभाव विश्वव्यापी रुपमा बढिरहेको थियो । नेपाल यी दुवै घटनाबाट प्रभावित हुँदै कम्युनिष्ट आन्दोलनको दिशामा बेगवान ढङ्गले विस्तार र विकसित भइरहेको थियो । नयाँ जनवादी क्रान्तिको नीति तय हुनुमा यिनै कारणले बढी भूमिका खेलेको र सशक्त किसान आन्यदोलनको विस्तार पनि भइरहेको थियो ।

    यही समयमा नेपाली कम्युनिष्ट आन्दोलनमा प्रभाव पार्ने तीनवटा घटना देखापरे । पहिलो, कम्युनिष्ट पार्टीमाथि प्रतिवन्धको घोषणा गरियो, दोस्रो, डा के आइ सिंहको विद्रोह र तेस्रो भीमदत्त पन्तको नेतृत्वको किसान बिद्रोह दमन गर्न भारतीय सेनाको प्रवेश । यही पृष्ठभूमिमा कामरेड मनमोहनलगायतका नेताहरुको कम्युनिष्ट पार्टीमा प्रवेश भयो । त्यसपछिको पार्टी केन्द्रको शक्ति सन्तुलन र परिस्थितिको प्रतिकुलताको मूल्याङ्कनसहित भीमदत्त पन्तको नेतृत्वमा उठेको किसान आन्दोलनको जिम्मेवारी लिन पार्टीले इन्कार ग¥यो ।

    उपत्यका तथा बारा पर्सा रौतहटको किसान आन्दोलनबाट हात झिक्यो र प्रतिबन्ध फुकुवाको लागि दरबारमा लिखित बिन्तीपत्र हाल्यो । यही क्रममा पार्टीको नेतृत्वको परिवर्तन गरिएको थियोे तथा उपरोक्त सबै काम मनमोहनको नेतृत्वमा भएका थिए । तर रेङ्क एण्ड फाइल यसमा सन्तुष्ट थिएन र कर्माचार्य रेङ्क एण्ड फाइलसँगै उभिनुभयो । क पुषपलालबाहेक सबै संस्थापक केन्द्रीय समितिमा पर्नुभएन । उहाँहरु मतभेदसहित पार्टीमा सकृय रहनुभयो । मनमोहन चीनमा उपचारको लागि जानुभयो र पार्टी नेतृत्व रायमाझीको हातमा आयो ।

    त्यतिबेला भ्यालीमा निर्मल लामा र पश्चिममा मोहनविक्रम उदीयमान युवा नेतृत्वको रुपमा पार्टीको केन्द्रीय राजनीतिमा देखा परिरहेका थिए । कामरेड नरवहादुर निर्मल लामाको संरक्षकदेखि सहयोगीको भूमिकामा अन्तिमसम्म देखिनुभयो । चौथो महाधिवेशनको फुट र एकता केन्द्रको विभाजनमा उहाँ निर्मल लामासँगै रहनुभयो । कामरेड कर्माचार्य नीतिगत विमतिका बाबजुद पार्टीको औपचारिक नीति निर्णय र नेतृत्वको पक्षमा रहनुभयो ।

    निर्मल लामाको अगुवाइमा चौथो महाधिवेशन २०३६ को जनआन्दोलनमा अग्रणी भूमिकामा देखा प¥यो र नेपालको सर्वाधिक लोकप्रिय र अग्रणी भूमिकासहित सङ्गठनात्मक विकास र विस्तार भयोे । यही समयमा पार्टीभित्र निर्मल लामालाई नेतृत्वबाट हटाउने काम हुन थाल्यो । नरबहादुर लामाको पक्षमा उभिनुभयो तर भक्तबहादुर श्रेष्ठ महामन्त्री भइसकेपछि बिना आग्रह नेतृत्वलाई सहयोग गर्नुभयो । त्यस्तै २०४६ को आन्दोलनपश्चात् पार्टी एकताको लागि पहलकदमी लिनुभयो र उहाँ मोहनविक्रमसहितको एकताको पक्षमा उभिनुभयो । एकता केन्द्र बनिसकेपछि उहाँले प्रचण्डलाई पार्टी नेतृत्वको रुपमा खुलेर सहयोग गर्नुभयो ।

    वैचारिक मतभेद त थिए तर पार्टी विभाजन पूर्व नेतृत्वको सम्मान रक्षा र सहयोगमा कुनै कमी देखिएन । विभाजनपश्चात् पुर्नगठनको दायित्व निर्वाह गरेका कर्माचार्य अन्तिमसम्म एकताको पक्षमा उभिनुभयो । राष्ट्रिय भेलापश्चात् नारायणकाजीलाई सहज ढङ्गले नेतृत्व स्वीकार्नु भयोे । यसरी एउटा अनुशासित अविश्रान्त सदाबहार कम्युनिष्ट जीवन अन्तिमसम्म बिताउनुभयो । उहाँले कहिल्यै राजनीतिमा छलछाम गर्नुभएन र रुचाउनुभएन । नेतृत्वप्रतिको उहाँको असन्तुष्टि धेरैजसो यसै सवालमा रहनेगथ्र्याे ।

    तर कतै कुनै प्रसङ्गमा छरपष्ट पोखिएको पाइएन । उहाँसँग महत्वाकांक्षा थिएन र यसलाई अरुमा पनि रुचाउनुभएन । यसलाई पुष्टि गर्ने धेरै घटनाहरु यादमा छन् । निरञ्जन गोविन्द वैद्यको पार्टी सदस्यता पुनर्जीवित गराउने काममा उहाँको महत्वपूर्ण भूमिका रह्यो । यसले पनि देखाउँछ कि उहाँ सबै कम्युनिष्ट एक ठाउँमा रहेको देख्न चाहनु हुन्थ्यो । हाल उहाँको नाममा प्रतिष्ठान गठन भएको छ । यस प्रतिष्ठानले उहाँको इतिहास र विचार पक्षको कुशल बाहक बनेर रहने विश्वास गरिएको छ । (लेखक अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) का नेता नेता हुनुहुन्छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.