• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

विद्युत उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक छ : प्रधानमन्त्री दाहाल

  •   मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक रहेको बताउनुभएको छ । नयाँ भरतपुर २२०÷१३२ किलोभोल्ट (केभी) सबस्टेसन, हेटौँडा–भरतपुर–बर्दघाट दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन र मस्र्याङ्दी करिडोर दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन गर्दै उहाँले तालमेलकै कारण विद्युतीकरणमा नेपालले फड्को मार्न सकेको बताउनुभएको हो । सोही अवसरमा प्रधानमन्त्री दाहालले भरतपुर महानगरपालिका–११ आँपटारीमा मस्र्याङ्दी करिडोर दुई सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको ‘ग्यास इन्सुलेटेड सबस्टेसन (जिआइएस)’ प्रविधिमा आधारित सबस्टेसनको समेत उद्घाटन गर्नुभएको थियो ।

    उहाँले नेपालको जलविद्युत्को क्षमता राम्रो भएको उल्लेख गर्दै यसलाई व्यवस्थित ढङ्गबाट उत्पादन गर्नेमा लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उत्पादन, प्रसारण र वितरण गरी तीनवटै कुराको बीचमा उचित तालमेल भएन भने अपेक्षा गरे अनुसारको नतिजा प्राप्त गर्न सकिँदैन ।” उत्पादन मात्रै गरेर नपुग्ने भन्दै प्रधानमन्त्री दाहालले उत्पादन अनुसारका प्रसारण लाइन निर्माण गर्नुपर्ने बताउनुभयो । लामो समयदेखि विद्युत् उत्पादनमा मन्दी रहेको उल्लेख गर्दै उहाँले पछिल्लो समय त्यसमा तीव्रता आएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “उत्पादन क्षमता वृद्धि भएको छ, प्रसारण लाइनको काम पनि निकै अघि बढेको छ ।” देशभित्रै गुणस्तरीय ढङ्गले विद्युत् खपत बढाउनुपर्ने भन्दै प्रधानमन्त्री दाहालले प्राविधिक रुपमा देखिएका समस्याहरु समाधान गर्दै जानुपर्ने बताउनुभयो । बढी भएको विद्युत्लाई अन्तरदेशीय व्यापार गरेर नेपालको अर्थतन्त्रमा पनि गुणात्मक सुधार गर्न सकिने उहाँको भनाइ छ । ै प्रधानमन्त्री दाहालले भन्नुभयो, “भारतसँग अन्तरदेशीय प्रसारण लाइनहरु पूर्व, मध्य र पश्चिम सबैतिर बन्दै गइरहेका छन् ।” यसले गर्दा हामीलाई चाहिएको समयमा लिने र धेरै भएको बेला बेच्ने दुवै काम गर्न सहज भएको उहाँले बताउनुभयो । भारत भ्रमणको समयमा देश हजार मेघावाट १० वर्षभित्रमा व्यापार गर्ने सम्झौता भएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रारम्भिक हस्ताक्षरसमेत भइसकेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “एउटा समारोहका साथ घोषणा गर्ने तयारी भइरहेको छ ।” विगत लामो समयदेखि प्रतीक्षा गरिरहेको बङ्गलादेशसँग विद्युत् व्यापारको विषय अघि बढिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पहिलो पटक नेपाल, भारत र बङ्गलादेशबीचमा त्रिपक्षीय सैद्धान्तिक समझदारी बनेको छ । अब नेपालको विद्युत् बङ्गलादेश पठाउने बाटो खुलेको छ ।” एकातिर देशभित्रै बढी विद्युत् खपत गर्ने र अर्काेतर्फ निर्यात गरेर आर्थिक समृद्धि ल्याउनेमा सरकार लागेको ै प्रधानमन्त्री दाहालले बताउनुभयो । चीनतिर पनि विद्युत् व्यापार गर्नका लागि अन्तरदेशीय प्रसारण लाइन बन्ने तयारीमा रहेको उहाँको भनाइ छ ।

    बूढीगण्डकीको छिट्टै शिलान्यास गरिने उल्लेख गर्दै उहाँले कर्णाली चिसापानीको १० हजार आठ सय मेघगावाटको एउटै परियोजनाको अध्ययन विद्युत् प्राधिकरणमार्फत अघि बढाइने बताउनुभयो । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उत्पादनको क्षेत्रमा जसरी वृद्धि हुँदै गइरहेको छ सोही अनुसार भारवहन गर्न सक्ने प्रसारण लाइनको विकास र विस्तार गर्ने बताउनुभयो । आन्तरिक खपतमा हुँदै गइरहेको वृद्धिलाई व्यवस्थित वितरण गरिने उहाँको भनाइ थियो । बढी भएको विद्युत्लाई बिक्री गर्ने गरी एकीकृत योजना बनाएर अघि बढिरहेको मन्त्री बस्नेतले बताउनुभयो ।

    तत्कालीन, अल्पकालिन र दीर्घकालीन योजना निर्माण गरेर काम गरिरहेको उहाँले बताउनुभयो । विद्युत्मा अहिले देखिएका समस्या समाधान गरेर आफू अघि बढिरहेको र आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापन गरिरहेको मन्त्री बस्नेतले बताउनुभयो । ‘समृद्धि, विकास र स्वच्छ वातावरणका लागि ऊर्जा’ भन्ने मान्यताका साथ काम भइरहेको उहाँको भनाइ छ । समग्र अर्थतन्त्र र विकासका लागि ऊर्जा क्षेत्र महत्वपूर्ण रहेको मन्त्री बस्नेतले बताउनुभयो । उहाँले आन्तरिक खपतसँगै निर्यातलाई प्राथमिकता दिने बताउनुभयो ।

    कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले यो प्रसारण लाइन र सबस्टेसनबाट नेपालको पूर्व तथा पश्चिम विद्युतीकरणका लागि महत्वपूर्ण हुने बताउनुभयो । सरकारले आन्तरिक खपतसँगै विदेश निर्यात गर्ने लक्ष्यका साथ काम गरिरहेको उहाँले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रमा प्रधानमन्त्री दाहालले देखाउनुभएको प्रत्यक्ष चासोका कारण सफलता मिलिरहेको बताउनुभयो ।

    नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौँडा–भरतपुर–बर्दघाट दुई सय २० केभी प्रसारण लाइन निर्माण गरिएको हो । उद्घाटन गरिएको हेटौँडा–भरतपुर–बर्दघाट दुई सय २० केभी प्रसारण लाइनको लम्बाइ करिब एक सय ४७ किलोमिटर छ । एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइनलाई हेटौँडा–भरतपुर र भरतपुर बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण गरिएको थियो ।

    मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको दुई सय २० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई एक सय ३२ केभीमा चार्ज गरिएको छ । दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को बर्दघाट सबस्टेसमा अन्त्य हुने ७४ किलोमिटर दुई सय २० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल एक सय ३२ केभीमा सञ्चालन ल्याइएको सो अवसरमा जानकारी दिइएको थियो ।

    प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो । हेटौँडा–भरतपुर खण्ड निर्माणका लागि भारतीय कम्पनी आइकम टेलबीच २०६५ फागुनमा ठेक्का सम्झौता भएको थियो । तर, काम नगरी रणनीतिक महत्वको प्रसारण लाइनको काम अलपत्र पारेपछि प्राधिकरणले उक्त ठेक्का तोडी नयाँ ‘टेन्डर’ गरेको थियो । विसं २०७७ जेठमा नयाँ ठेक्का सम्झौता गरी बाँकी काम गराइएको थियो ।

    भरतपुर–बर्दघाट प्रसारण लाइनको लम्बाइ ७४ किलोमिटर प्रसारण निर्माणका लागि सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल इकोनमिक एन्ड ट्रेड कम्पनीसँग २०६७ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । कार्यसम्पादन सन्तोषजनक नभएपछि उक्त कम्पनीसँगको ठेक्का सम्झौता २०७४ जेठमा रद्द गरी प्राधिकरणले बाँकी काम गर्न नयाँ टेन्डर गरेको थियो । बाँकी रहेको काम गर्न चिनियाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग २०७५ साउनमा ठेक्का सम्झौता भएको थियो ।

    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.