• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

उवासंघ चितवनमा महिला उद्यमी मेला सुरु

  •   शनिबार, असोज ०६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । उद्योग वाणिज्य संघ परिसरमा महिला उद्यमी मेला सुरु भएको छ । मेलाको एक औपचारिक कार्यक्रमका विच प्रतिनिधिसभा सदस्य अन्जनी श्रेष्ठले उद्घाटन गर्नु भएको हो । कार्यक्रमकी प्रमुख अतिथी श्रेष्ठले महिला उत्पादनमा जोडिनु आवश्यक रहेको वताउनु भयो । उत्पादनमा नजोडिएसम्म महिला आत्मनिर्भर बन्न नसक्ने वताउँदै महिला उद्यमी मेलाले चितवन र आसपासका महिलाहरुलाई उद्यमी बनाउन योगदान पु¥याउने वताउनु भयो ।

    महिला चुलो चौकामा मात्रै सिमित हुन नहुने वताँउदै उहाँले महिलालाई राज्यको नीति निमार्णको तहमा पु¥याउनु पर्नेमा जोड दिनु भयो । तीन दिने महिला उद्यमी मेला उद्घाटन कार्यक्रमका विशेष अतिथी जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले उत्पादन विना सम्ृद्धिको परिकल्पना गर्न नसकिने वताउनु भयो । राज्यले नीति निर्माण गर्दा आधा आकाश ढाक्ने महिलाहरुका मुद्धामा पनि ध्यान दिनु पर्ने वताउँदै अधिकारीले आर्थिक समृद्धिको लागि भाषण भन्दा काम गर्नुपर्ने अवस्था आएको वताउनु भयो ।

    कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले मेलाको वारेमा जानकारी गराउँदै स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा भरतपुर महानगरापलिका १ का वडाध्यक्ष केशव महर्जन, भरतपुर महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख तेजेन्द्र प्रसाद पौडेल, चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्ती, मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिकी संयोजक अंकिता सुमार्गीलगायतले बोल्नु भएको थियो ।

    कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका पुर्व अध्यक्ष देशिराम प्रधान, डा. तिलचन्द्र भट्टराई, वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष चिरन्जीवि सुवेदी, द्धितीय उपाध्यक्ष राजेन्द्र ओली, तृतीय उपाध्यक्ष सिरिष पन्तलगायत संघका कार्यसमिति सदस्य एवं वस्तुगत संघका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सुनिता कर्माचार्यले संचालन गर्नु भएको कार्यक्रम उवासंघ चितवन महिला उद्यमी विकास समिति संयोजक पुर्णीमा श्रेष्ठले समापन गर्नु भएको थियो ।

    प्रत्येक बर्ष महिला उद्यमिका समस्याहरु समाधानार्थ बिबिध कार्यक्रम सञ्चालन गर्दै आइरहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत पुरस्कृत हुन सफल उद्योग वाणिज्य संघ–चितवनले महिला उद्यमशिलता विकास र यसको प्रबद्र्धनमा योगदान पु¥याउंने उदेश्यले सो मेला आयोजना गरेको हो । उद्यमशिलताको माध्यमबाट महिला सशक्तिकरणमा योगदान पु¥याउदै यस क्षेत्रको आर्थिक उन्नतीमा समेत सहयोग पु¥याउनका लागि महिलाहरुलाई आय –आर्जनका क्रियाकलापहरुमा संलग्न गराउनु मेलाको मुख्य उदेश्य भएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

    कम्तिमा ६ हजार दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा करिव १५ लाख सम्मको आर्थिक कारोवार हुने उवासंघ चितवनका कार्यकारी निर्देशक निल बहादुर केसीले जानकारी दिनु भयो । संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले मेलाले यस क्षेत्रमा रहेका घरेलु तथा लघु महिला उद्यमीद्धारा उत्पादित वस्तु तथा सेवाहरुको प्रचार प्रसार हुने वताउनु भयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.