• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

प्रमिला गिरीको एकल चित्रकला प्रदर्शनी सुरु

  •   शनिबार, असोज १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । कलाकार प्रमिला गिरीको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा सुरु भएको चित्रकला विशेषतः संस्कृति, सम्पदा र प्रकृतिको मानवीय मूल्य दर्शाएको छ । कलाकार गिरीको चित्रकलाले तत्कालीन र वर्तमान कलाको अवस्थालाई उजागर गरेको छ । सांस्कृतिक सम्पदा र प्राकृतिक विविधतालाई समेटेर क्यानभाषमा उतारिएका ती चित्रकलाले संस्कृति र सम्पदाको साथै विभिन्न शक्तिपीठहरुको गरिमा बोकेको छ ।

    चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै नेपाल कला परिषद्का अध्यक्ष सागर समशेर जबराले कलाकार गिरीको मूर्त अमूर्त कला र संस्कृतिका जीवन्त भाव दर्शाउने चित्रकलाले सामाजिक चेतना र तत्कालीन परिवेष्टलाई चित्रित गरेको बताउनुभयो । उहाँले नेपाली कला, संस्कृति र सम्पदाको संरक्षण प्रवर्द्धनमा सरकार, राजनीतिक दल एवं सामाजिक क्षेत्रको पनि उत्तिकै दायित्व भएको उल्लेख गर्नुभयो । विगत पाँच दशकभन्दा लामो समयदेखि चित्रकला र मूर्तिकलाको सिर्जनामा सक्रिय गिरीले संसारभर छरिएर रहेका आफ्ना कलाकृतिलाई संयोजन गर्नुभएको छ ।

    उहाँले कला संस्कृति नभई देश समृद्ध हुँदैन भन्दै यसबारे सरकारले पनि विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । चित्रकलाले अहिले समाजमा स्थायी शान्ति कायम गर्न र अध्यात्मभाव दर्शाउन खोजिएको गिरीले उल्लेख गर्नुभयो । सरकारले नेपाली कलाको संरक्षण र प्रवर्द्धनमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । पत्रकार शेखर गिरीले सांस्कृतिक परम्पराको जगमा चित्रकला प्रस्तुती गरेको भन्दै प्रदर्शनीको आकर्षणको रुपमा भैरवीको रुप र प्रस्तुतिलाई लिन सकिन्छ भन्नुभयो । भगवान् शिवको शक्तिको रुप भैरव र भैरवीको विशेषतालाई चित्रकलामा उतारिएको छ । आगामी कात्तिक ४ गतेसम्म चल्ने प्रदर्शनीमा ७० भन्दा बढी चित्रकला प्रदर्शित छन् ।

    कलाकार गिरीले भन्नुभयो, “कलाकारको सृजनाको आदर्श स्रोत भनेको उँ हुर्केको बसेको समाज र संस्कृतिको गौरवशाली सांस्कृतिक चेत हो । भगवान् शिवको भव्य संस्कृतिक परम्परा माझ मनाइने चाड पर्वको उमङ्ग, उत्सव र हर्षोल्लासमा बितेका आफ्ना बाल्यकाललाई सम्झदै चित्रकलामार्फत उजागर गरेकी हुँ ।” संसारका विभिन्न भूभागमा पुग्दाको अनुभव र अनुभूतिलाई चित्रकलाको माध्यमबाट उतारेको उहाँले उल्लेख गर्नुभयो । शिवका शक्तिशाली गण, अष्ट भैरवका रौद्र, शान्त, अनन्त र आनन्दको आराधना विभिन्न अष्टी, मूर्त र अमूर्त रुप र आकारसँग, धातु र काष्टको माध्यमबाट चित्राकर्षक प्रस्तुतीकरण गरिएको विशेषता हो । भैरवीको पनि चित्राकर्षा प्रस्तुती यो प्रदर्शनीमा हेर्न सकिन्छ ।

    समग्रमा गिरीको सिर्जनाको शक्तिशाली पक्ष भनेको उहाँको सिर्जनामा पाइने अध्यात्म चेत हो । उहाँको सिर्जनामा तेस्रो नेत्र र अनन्त नादको ध्यवनीको खोजी छ । तीन दशक लामो विदेश बसाइपछि नेपाल फर्किनुभएकी कलाकार गिरीले मूर्ति र चित्र संयोजन कला प्रदर्शनीमा राख्नुभएको छ । गिरीले आगामी दिनमा पनि यस्ता प्रदर्शनीलाई निरन्तरता दिने बताउनुभयो । प्रमिला गिरीको प्रदर्शनी हेर्न उल्लेख्य सङ्ख्यामा कला पारखीहरू उपस्थित हुनुभएको थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.