• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

मध्यविन्दु अस्पताल : १५ शय्याको दरबन्दी , ५० शय्यामा स्तरोन्नति हुँदै ७२ शय्याको सेवा दिँदै

  •   मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर  ।  नवलपरासी (बर्दघाटा सुस्तापूर्व) नवलपुरमा रहेको मध्यविन्दु जिल्ला अस्पतालको हालको स्वीकृत शय्या १५ हो । जिल्ला अस्पताललाई ५० शय्याको अस्पतालका रूपमा रुपान्तरणको तयारी गरिएको छ । पन्ध्र शय्याको अस्पताल भए पनि हाल ७२ शय्या सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । जिल्ला अस्पतालमा १५ शय्याको दरबन्दी रहेको र सोही जनशक्तिबाट मुस्किलले सेवा दिनुपर्ने बाध्यता रहेको मध्यविन्दु जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले बताउनुभयो ।

    अस्पतालमा बिरामीको चाप धेरै रहेकाले थोरै जनशक्तिबाट सेवा दिन निकै कठिन रहेको उहाँको भनाइ छ । “हामी १५ शय्याको दरबन्दीमा चलेका छौँ, ५० शय्यामा स्तरोन्नति हुने क्रममा छ, तर अहिले पनि ७२ शय्या सञ्चालनमा छ”, मेडिकल सुपरिटेन्डेन्ट कँडेलले भन्नुभयो, “आवश्यक स्रोत र जनशक्ति नहुँदा सेवा दिन निकै मुस्किल भएको छ ।” उहाँका अनुसार १५ शय्याको अस्पतालका रूपमा स्वीकृत दरबन्दी ३१ जना रहेको छ । यसमध्ये हाल जम्मा १४ जनामात्रै जनशक्ति रहेका छन् ।

    हाल स्वीकृत शय्याको जनशक्ति पूरा गरी अस्पतालाई कम्तीमा सय शय्याको अस्पतालका रूपमा सञ्चालन गर्ने गरी स्रोत र जनशक्ति आवश्यक रहेको उहाँको भनाइ छ । अस्पतालमा ज्यालादारी र अन्य कार्यक्रमका जनशक्तिको प्रयोग गरेर सेवा दिनुपर्ने अवस्था रहेको सुपरिटेन्डेन्ट डा कँडेलले बताउनुभयो । अस्पतालको भौतिक संरचनादेखि अन्य उपकरण, मानव जनशक्ति सबै कम रहेकाले तत्काल प्रदेशले यसको सुधारका लागि पहल गर्नुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार जिल्ला अस्पतालमा विगत तीन वर्षको तथ्याङ्क हेर्ने हो भने बिरामीको चाप उल्लेख्य बढेको छ । विसं २०७७÷७८ मा २२ हजार तीन सय ६१ जनाले सेवा लिएकामा गत आवमा ९० हजार सात सय ५६ जनाले सेवा लिएका छन् ।

    यो गत वर्ष गण्डकी प्रदेशका अन्य जिल्लाका अस्पतालबाट प्रदान गरिएको सेवा सङ्ख्यामध्ये सबैभन्दा धेरै हो । बिरामीको चाप बढ्दै जाने तर स्रोत साधन थप्ने विषयमा भने पहल नहुँदा समस्या भएको उहाँको भनाइ छ । प्रदेश सरकारले अन्य जिल्ला अस्पतालसरह हेरेरमात्रै मध्यविन्दु जिल्ला अस्पतालको विकास हुन नसक्ने उहाँको भनाइ छ । “अन्य अस्पताल २०–२५ वर्षअघिदेखि सञ्चालनमा छन्, अहिले तिनीहरू सरह गर्दा भर्खर नयाँ अस्पतालले कसरी आफूलाई माथि उठाउने”, मेडिकल सुपरिटेन्डेन्ट डा कँडेलले भन्नुभयो, “गण्डकी प्रदेश सरकारले यस अस्पताललाई अन्य सरह पुर्याउन सकारात्मक विभेद गर्न आवश्यक छ ।”

    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरे अस्पताल कठिन अवस्थाबाट गुज्रिरहेको बताउनुहुन्छ । “विसं २०७५ मा जिल्ला अस्पतालका रूपमा घोषण भएकामा पाँच वर्षसम्म १५ शय्याको जनशक्ति पूरा हुन सकेन । बिरामीको चाप बढ्दो छ, बाध्यताले शय्या थप गर्नुपर्ने अवस्था छ, तर साधन स्रोत न्यून छ”, उहाँले भन्नुभयो । जनशक्ति कमी हुँदासमेत अस्पतालमा सुरु गरिएका विभिन्न सेवालाई जेनतेन निरन्तरता दिनुपर्ने अवस्था रहेको अध्यक्ष घिमिरे बताउनुभयो ।

    अस्पताल प्रशासनको तर्फबाट सेवालाई प्रभावकारी बनाउन समन्वय भइरहेको भए पनि पूर्वाधारको कमी, जनशक्ति, प्रयोगशालाका लागि विभिन्न उपकरणलगायतको कमीले समस्या रहेको उहाँको भनाइ छ । जिल्ला अस्पतालको विकासका लागि प्रदेश सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.