• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

राससका फोटो सम्पादन शाखा प्रमुख श्रेष्ठको बिदाइ

  •   मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  छत्तीस वर्ष सेवा गरी उमेर हदका कारण सेवानिवृत्त राष्ट्रिय समाचार समिति (रासस) का फोटो सम्पादन शाखा प्रमुख रामलाल श्रेष्ठको आज रासस केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित कार्यक्रमबीच हार्दिकतापूर्ण बिदाइ गरिएको छ । राससमा ‘साइकल म्यान’ का रुपमा विसं २०४३ चैत १५ गते प्रवेश गर्नुभएका श्रेष्ठको प्रेसका प्राविधिक, कम्प्युटर अपरेटर, अडियो सम्पादक हुँदै फोटो सम्पादन शाखाको प्रमुख (अधिकृतस्तर)बाट यही असोज १५ गतेदेखि अवकाशप्राप्त हुनुभएको हो ।

    श्रेष्ठलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले कदरपत्र र मायाको चिनो प्रदान गरी बिदाइ गर्नुभयो । सोही कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठान शाखा, रासस कर्मचारी सङ्घ, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रासस केन्द्रीय समिति, रासस कर्मचारी युनियनका अध्यक्ष क्रमशः पवित्रा गुरागाईं, मनोज लामिछाने, प्रेमप्रसाद उपाध्याय र कालिका खड्काले संयुक्तरुपमा मायाको चिनो प्रदान गर्नुभयो ।

    सो अवसरमा अध्यक्ष झाले राससका लागि आवश्यक काममा क्षमतावान् र कर्तव्यनिष्ठ श्रेष्ठ मिलनसारसमेत हुनुभएको उल्लेख गर्दै यस्ता कर्मचारी वीरलै पाइने बताउनुभयो । श्रेष्ठले साइकलबाट रासस बुलेटिन वितरणका कार्यदेखिको अनुभव हुँदै अभिलेख व्यवस्थापनसम्ममा सक्रिय रही निर्वाह गरेको भूमिकाको अध्यक्ष झाले मुक्तकण्ठले प्रशंसा गर्नुभयो । अध्यक्ष झाले अवकाश भएको अनुभूति नलिई सक्रिय जीवन बिताउन श्रेष्ठलाई सुझाव दिनुभयो ।

    महाप्रबन्धक राईले कार्यालयको काम नै पहिलो दायित्व भन्ने शपथ खाएर त्यसलाई सही अर्थका कार्यान्वयन गरी रातबिहान जतिबेला पनि राससको काममा तत्पर हुने श्रेष्ठको अनुभव र ज्ञानलाई राससकर्मीले ग्रहण गर्नुपर्ने बताउनुभयो । सीमित स्रोतसाधनबीच राससका कामलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने उदाहरण श्रेष्ठ भएको उहाँको भनाइ थियो । राससका प्रमुख समाचारदाता उत्तम सिल्वालले श्रेष्ठजस्ता कर्मठ व्यक्तिका कारण राससले आफ्ना सेवालाई निरन्तरता दिन सकेको बताउनुभयो भने प्रधानसम्पादक एकराज पाठकले श्रेष्ठलाई राससको ‘जगको ढुङ्गा’ को सङ्ज्ञा दिँदै कुनै गुनासो नगरी कामलाई महत्व दिने व्यक्तिका रुपमा आफूले पाएको सुनाउनुभयो ।

    अवकाशप्राप्त श्रेष्ठले राससका लामो समय काम गर्दाका सुख, दुःख र रमाइला अनुभूति प्रस्तुत गर्नुभएको थियो । विसं २०२४ असोज १५ गते जन्मनुभएका श्रेष्ठ चन्द्रागिरि नगरपालिका–१२ निवासी हुनुहुन्छ । उहाँले घरेलु सीप र कम्प्युटर प्राविधिकमा डिप्लोमा गर्नुभएको छ ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.