चितवन । चितवन प्रहरीले म्याजिकमा छुटेको २ लाख ५० हजार रुपैयाँ सहित लत्ता कपडा रहेको झोला सम्बन्धित धनीलाई बुझाएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४का लिलाराज न्यौपानेले हिजो (सोमबार) नम्बर नखुलेको म्याजिकमा सो रकम सहित लत्ताकपडा छुटेको भनि प्रहरीमा निवेदन दिएका थिए ।
निवेदनका आधारमा प्रहरीले खोजिकार्य गर्दा नम्बर ना १ ज ७८३६ नम्बरको म्याजिक चाकल सम्पर्कमा आएको चितवन प्रहरीले जानकारी दिएको छ । सम्बन्धीत धनीलाई मंगलबार सो रकम सहित झोला बुझाएको प्रहरीले जानकारी दिएको छ ।








