चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ ले वडा भित्र रहेको बाँझो खेत प्रयोग गरि हरियाली प्रवर्धन कार्यक्रम कार्यान्वयनमा ल्याईएको छ । वडा नम्बर २ मा रहेको अद्वैत संस्थाको जग्गालाई प्रयोगमा ल्याएको छ । झाडी भएर बाँझो रहेको सो जग्गामा आदर्श गृहलाई भोगचलनका लागि दिएको छ । करिब १ विगाहा क्षेत्रफलमा आदर्श गृहले फुल र कोदो खेति गरेको छ ।
१२ कठ्ठा जग्गामा फुल खेति गरिएको छ । गृहकी अध्यक्ष मिना खरेलका अनुसार गृहमा बस्दै आएका बहिनिहरुले खेती गरेको र यसका लागि सहजीकरणको काम आँफुहरुले गरेको बताउनुभयो । गृहमा संरक्षणमा रहेकाहरुलाई सहयो र आत्मनिर्भर वनाउनका लागि फुल खेती गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पाए र अनुकुलता मिले यस्तो व्यवसाय अझै गर्ने गृहको योजना रहेको छ । यस गृहमा अहिले २७ जना महिला तथा बालिबालिका आश्रीत रहेका छन् ।
वडा अध्यक्ष मनोज रानाभाटले वडा भित्रको जग्गा बाँझो राख्न नपाउने कार्यबिधि वनाएको बताउनुभयो । उहाँले भन्नुभयो “खेत बाँझो रहँदा झाडी बढ्ने र अपराधिक कृयाकलापहरु हुने भएकाले अभियान संञ्चालनमा ल्याई कार्यान्वयन गरिएको हो ।” यसले गर्दा वडा सफा र हराभरा हुने उहाँले बताउनुभयो । वडाले बाँझो जग्गालाई झाडी नबनाई सरसफाई गरेर राख्न गरेको आग्रह अनुसार आदर्श गृहलाई जग्गा उपलव्ध गराईएको हो । संस्थागत रुपमा जग्गा लिएर व्यवसाय गर्न चाहनेहरुलाई वडालेनै वजारको व्यवस्था गर्ने र अन्य सहकार्य समेत गर्ने उहाँले बताउनुभयो ।
रानाभाटले भन्नुभयो “हामी हाम्रो तर्फबाट बाँझो जग्गा रहन दिदैंनौ ।” यहाँ उत्पादित फुलको वजारीकरणका लागि महानगर फलफुल तथा तरकारी थोक व्यवसायी संघ संग सहकार्य गरिएको छ । संघले वजारी करण सहित आबश्यक मल समेत सहयोग गर्ने कार्यवहाक अध्यक्ष थिर प्रसाद धितालले जानकारी दिनुभयो ।








