• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

घरबासमा विदेशी पर्यटकको आकर्षण

  •   बिहिबार, असोज १८, २०८० मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    चितवन । पछिल्लो सयम घरबास (होमस्टे) प्रति विदेशी पर्यटकको आकर्षण बढ्न थालेको छ । होमस्टे सञ्चालनको समयमा आन्तरिक पर्यटकमात्रै आउने गरेको भए पनि अहिले विस्तारै विदेशी पर्यटकहरुको पनि आकर्षण बढेको छ । होमस्टे महासङ्घका महासचिव कृष्ण चौधरीका अनुसार होमस्टेमा विगतको वर्षको तुलनामा अहिले विदेशी पर्यटक पनि बढ्न थालेको हुन् ।

    गत आर्थिक वर्षमा होमस्टेमा बस्न आएका पर्यटकमध्ये १० प्रतिशत विदेशी पर्यटक रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “होमस्टेप्रति विदेशी पर्यटककोसमेत आकर्षण बढ्न थालेको छ, यसलाई जोगाउँदै जान जरुरी रहेको छ ।” स्थानीय कलासंस्कृति र रैथाने खानेकुरा रुचाउने पर्यटकको आकर्षण होमस्टे बन्ने गरेको उहाँले जानकारी दिनुभयो । नेपालभर एक हजारभन्दा बढी होमस्टे रहेको जनाउँदै उहाँले यहाँ स्थानीय संस्कृति र रैथाने खाना खुवाउनसके अझै आकर्षण बढ्ने बताउनुभयो ।

    होमस्टेले मौलिक कलासंस्कृति र रैथाने खानाको प्रवद्र्धन जति गर्नुपर्ने हो त्यति गर्न नसकेको गुनासो छ । चौधरीका अनुसार स्थानीय कलासंस्कृति र खानाको प्रवद्र्धनमा राज्यलेसमेत सहयोग गर्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “हामीले मात्र कलासंस्कृति र स्थानीय खानाको संरक्षण गर्न सकेनौँ राज्यलेसमेत सहयोग गर्नुप¥यो ।” सरकारले यसको बजारीकरणका लागि सहयोग नगरेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “हामीले मात्रै बजारीकरण अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन सकेको छैनौँ, यसमा राज्यको ध्यान जानुपर्छ ।”

    होटलमा बस्दाभन्दा होमस्टेमा बस्दा खर्च कम आउने भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । महासङ्घका अध्यक्ष प्रेमशङ्कर मर्दनिया होमस्टेलाई अझै व्यवस्थित गरेर सञ्चालन गर्नसकेमा पर्यटक रमाउन सक्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “देशभर आर्थिक सङ्कटका कारण अहिले केही समस्या देखिएको भए पनि आन्तरिक पर्यटकसँगै बाह्य पर्यटक रमाउने स्थलका रुपमा होमस्टेको विकास गर्नुपर्छ ।” कोभिड–१९ को सङ्क्रमण पछि अहिले होमस्टेमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको उहाँको भनाइ छ ।

    होमस्टे स्थानीय उत्पादनसँगै प्राङ्गारिक खाने कुरामा जोडिनु र कला संस्कृतिको जगेर्नामा लाग्नुका कारण पनि पर्यटकको आकर्षण बढेको उहाँले बताउनुभयो । होमस्टेले कृषि, पर्यटन र वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । होमस्टेले संस्कृति पहिचानको पुस्तान्तरणको काम गरिरहेको भए पनि रोजगारीको सिलसिलामा युवा विदेशिनेक्रम बढेकाले स्वदेशमा नै रोजगारीको सिर्जना गर्नसमेत सहयोग गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी पुस्तान्तरणको काम गरिरहेका छौँ, तर समाजमा युवापुस्ता विदेशिन छाडेका छैनन्, हामीलाई डर लाग्न थालेको छ, होमस्टे पनि यस्तै हुने त होइन ।” पर्यटन प्रवद्र्धनका लागि सरकारी निकायले होमस्टेको संरक्षण गर्दै आएका छन् ।

    विभिन्न ठाउँमा जातीय संस्कृति झल्कने गरी होमस्टेको विकाससमेत गरिएको छ । होमस्टेबाट प्रत्यक्षरुपमा व्यक्ति विशेषभन्दा पनि समुदाय लाभान्वित हुँदै आएको छ । ग्रामीण क्षेत्रमा होमस्टे सञ्चालनमा आएकाले त्यहाँको उत्पादनले बजारसमेत पाएको छ । स्थानीय कला, संस्कृति र रैथाने खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ महासङ्घले आफ्नो चौथो महाधिवेशन चितवनको माडीमा गर्ने तयारी गरेको उहाँले बताउनुभयो । महाधिवेशन यही असोज २५ देखि २७ गतेसम्म माडीको वसन्तपुरमा आयोजना गर्न लागिएको छ । महाधिवेशनमा ६८ जिल्लाबाट छ सय प्रतिनिधि परिवेक्षक सहभागी हुनेछन् । महाधिवेशनले ५१ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गर्नेछ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.