चितवन । अर्थमन्त्री डा.प्रकाशशरण महतले देशमा बाहिर आए जस्तो आर्थिक संकट नभएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुरा गर्दै उहाँले बाहिर चरम आर्थिक संकट भएको भनिए पनि त्यस्तो नभएको बताउनुभयो ।
आर्थिक संकट केही देखिएको भए पनि बजारमा आए जस्तो भने नभएको उहाँको भनाई थियो । पहिला राष्ट्र वैंकले सहज रुपमा ऋण प्रवाह गर्दा त्यसको सहि सदुपयोग नहुँदा समस्या आएको मन्त्री महतले बताउनुभयो । उहाँले भन्नुभयो “सहज रुपमा ऋण पाउँदा त्यसलाई उत्पादनशिल क्षेत्रमा कहाँ परिणाम आउँछ कहाँ आउँदैन नहेरी लगानी भयो । त्यसको असर अहिले देखियो ।” उहाँले थप्नुभयो “अहिले टाइट मोनिटरी पोलेसी भएकाले व्याज पनि वढ्यो उत्पादन पनि भएन । जसका कारण केही व्यवसायीलाई समस्या परेको छ ।” यो समस्या समाधानका लागि सरकारले पुर्नताजकीकरणका लागि समय दिन लागेको उहाँले बताउनुभयो ।
निर्मण व्यवसायीहरुको अघिल्लो आर्थिक वर्षमा भूक्तानी गर्न बाँकी रहेको रकम दशैं अघिनै भूक्तानी गरिसक्ने उहाँले बताउनुभयो । सम्बन्धित मन्त्रालयलहरुलाई दायीत्व कति हो निकाल्न लगाईएको भन्दै उहाँले सबै मन्त्रालयबाट आई सकेपछि सरकारले भूक्तानी गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “असार मसान्त सम्ममा रु ६० देखि ७० अर्ब तिरिसकेका छौ । अब रु ६ देखि ७ अर्ब बाँकी होला हामी तिछौं ।” बाहिर आए जस्तो धेरै रकम तिर्न बाँकी नरहेको उहाँको भनाई थियो । अहिले मन्त्रालयहरुले निर्माण व्यवसायीहरुलाई दिनु पर्ने दायीत्व निकाल्न लागेको भन्दै उहाँले केही मन्त्रालयहरुबाट आईसकेको र अन्यबाट पनि आउने क्रम जारी रहेको बताउनुभयो ।
सरकार अहिले अर्थतन्त्रको जग वनाउन लागि परेको उहाँको भनाई थियो । अर्थतन्त्रको जग वलियो नभएका कारण केही समस्या आएको उहाँले बतानुभयो ।








