• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

भत्किएका सडकले होटेल व्यवसायमा समस्या

  •   आइतबार, असोज २१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    मध्यविन्दु  ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–८ चोरमारा बजारमा सुवास ज्ञवालीले होटेल सञ्चालन गर्न थालेको १७ वर्षभन्दा बढी भयो । पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको उहाँको होटेलमा कुनै समय गाह्रकलाई खाना, खाना दिन फुर्सदै हुदैन थियो तर अहिले ग्राहक कुर्नुपर्ने अवस्था छ । कारण हो भत्किएको नारायणगढ–बुटवल सडकखण्ड ।

    ज्ञवालीले भन्नुभयो, “विगतमा दिनमै रु ७०÷८० हजार सम्मको व्यापार हुन्थ्यो तर अहिले रु १२–१५ हजारसम्मको कारोबार हुन पनि गाह्रो भएको छ । कोही आउँछन् कि भनेर हेर्नुपर्छ । बाटो यस्तो धूलो छ । मान्छेलाई पनि कतिबेला गन्तव्यमा पुगौँ भन्ने हतार हुन्छ ।” गैँडाकोट नगरपालिका–१६का होटेल व्यवसायी नारायणप्रसाद गौतमको गुनासो पनि उस्तै थियो । छ वर्ष विदेश बसेर नेपाल फर्किनुभएका उहाँले स्वदेशमै उद्यम गर्ने सोचले होटेल सञ्चालन गर्नुभएको थियो तर अहिले अवस्था सोचेजस्तो भएन।

    “रु १२ लाखबाट सुरु गरेको व्यवसायमा अहिले लगानी उठाउन पनि मुस्किल परेको छ”,व्यवसयी गौतमले भन्नुभयो,“यो सडकको अवस्थासँगसँगै हरेक दिन बढ्ने महङ्गीले पनि थप समस्या नित्याएको छ ।”नारायणगढ–बुटवल सडकखण्ड जहाँ दिनहुँ हजारौँको सङ्ख्यामा सानादेखि ठूला सवारीसाधन ओहोरदोहोर गर्छन् । छ लेनको सडक बनाउन सडक भत्काएको चार वर्ष पूरा भयो । सम्झौताअनुरूप समयमै सडक नबन्दा धुलोले यात्रुलाई मात्र होइन, सडक नजिकै रहेका होटेल व्यवसायलाई समेत असर गरेको छ । कोरोनाका कारण सुस्ताएका जिल्लाको होटेल व्यवसाय, अहिले पूर्व–पश्चिम राजमार्गका कारण झन् सुस्ताएका छन् । सडकमा उड्ने धुलो र धुँवाका कारण होटेलमा ग्राहकको सङ्ख्या घट्न थालेका छन् ।

    समयमै सडक निर्माण नहुनु, रोजगारीका लागि युवा पुस्ता विदेिशनुलगायत कारणले पनि होटेल व्यवसायी मारमा परेको नवलपुर होटेल व्यवसायी सङ्घका उपाध्यक्ष यमप्रसाद न्यौपानले बताउनुभयो । कावासोती नगरपालिका–८ मा होटेल नयाँ थाली सञ्चालन गर्नु भएका उहाँले आर्थिक वर्ष २०७८÷७९ मा भन्दा २०७९÷८० मा ४५ प्रतिशत व्यापार घटेको गुनासो गर्नुभयो । “धुलोका कारण मोटरमा हिँड्ने पर्यटक जहाजमा हिँड्न थालेका छन् । कमाउने र रमाउने युवा विदेशमा छन् । अनि हाम्रो होटेल कसरी चल्छ । हामीजस्तो मारमा अहिले कोही छैन् होला”, न्यौपानेले भन्नुभयो । कुनै समय ग्राहकले भरिभराउ देखिने राजमार्ग आसपासका होटल पछिल्लो समय शून्यजस्तै देखिएका छन् ।

    जिल्ला सदरमुकामसमेत रहेको कावासोती बजार क्षेत्रमा लाखौँ लगानीमा खुलेका होटल धमाधम बन्द हुने क्रम बढेको उहाँको गुनासो थियो । भत्किएको सडकमा गाडी गुड्दा उड्ने धुलो र धुवाँले यात्रा गर्न सकस हुँदा होटेलमा पाहुना नआउने अवस्था सिर्जना भएको नवलपुर होटेल व्यवसायी संघका जिल्ला अध्यक्ष सन्तोष रानाले बताउनुभयो । “नारायणगढबाट बुटवलको दूरी एक सय १४ किलोमिटर छ” उहाँले भन्नुभयो,“यो सडकमा राम्रो सडक कहीँ पनि भेटिँदैन, सडकमा यात्रा गर्दा धुलो खानुपर्छ भनेर जिल्लामा पर्यटकनै आउँदैनन् ।”

    नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा धेरै पर्यटकीयस्थल तथा भौगोलिक विविधता भए पनि सडकका कारण पर्यटक आउन छाडेका छन् । जिल्लामा होटेल व्यवसायी पलायन हुने क्रम बढेको अध्यक्ष रानाले बताउनुभयो ।“सञ्चालनमा रहेका होटेलको अवस्था पनि चिन्ताजनक छ”,उहाँको गुनासो थियो,“सुस्ताएको होटेल व्यवसायलाई उकास्न स्थानीय सरोकारवालाले चासो दिएको पनि पाएका छैनौँ ।”

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.