चितवन । चितवनमा दसैँ तिहारलाई लक्षित गरेर गत २१ गते आइतबारबाट सुपथ मूल्य पसल सञ्चालनमा आएको थियाे । छठ पर्वसम्म नारायणगढमा सञ्चालन हुने साल्ट ट्रेडिङ कर्पोरेसनले सञ्चालनमा ल्याउने सुपथ मूल्य पसलमा चिनी नपाएपछि उपभोक्ता भने निराश देखिएका छन् । पटिहानीबाट चिनी लिनका लागी सुपथ मूल्य पसल आउनुभएका डम्बरबहादुर थापा रित्तो हात फर्किनु भएको छ ।
बजारमा महङ्गो रहेको चिनी सुलभ मुल्यमा पाइने आशमा आउनुभएका थापाले चिनी नै नपाएपछि फर्कनुभयोे । बाहिर १२५ रुपैँया किलो पर्ने चिनी सुपथ मूल्य पसलमा नहुँदा नागरिकले राहतको महशुस नगरेको उहाँको भनाई छ । यस्तै भरतपुर ११ की पार्वती ढकालको गुनासो पनि उस्तै छ । उहाँ भन्नुुहुन्छ “ अन्त भन्दा राहत मिल्छ भनेर आएको त्यस्तो लागेन ।
चिनी पनि छैन् । चामल पनि हामीले खाने आइटम छैन् । सस्तो त छ । अन्त भन्दा ।” भरपुरकै राधिका ढकाल चिनी, जिरा, मसला किन्न आउनु भएको थियो । आफूले खोजेको चिज नपाए पछि दाल मात्र किनेर फर्किनु भयो ।
साल्ट ट्रेडिङमा अझै धेरै छुट हुनुपर्ने उहाँको सुझाब छ । साल्ट ट्रेडिङ कर्पोरेसन नारायणगढका प्रमुख बुद्धिविनोद दाहालले चिनी तत्काल नभए पनि केही दिनमा आउने तयारी रहेको बताउनुभएको छ ।








