• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

लक्की फिल्मी अवार्डमा ‘छक्का पञ्जा-४’को वर्चस्व

  •   बिहिबार, असोज २५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लक्की मिडिया हाउस चितवनले आयोजना गरेको लक्की फिल्मी अवार्ड २०८० मा चलचित्र छक्का पञ्जा-४ को वर्चस्व कायम गरेको छ । आज आयोजना गरिएको अवार्ड वितरणमा चलचित्र छक्का पञ्जा–४ ले उत्कृष्ट चलचित्र अवार्डसहित पाँचवटा विधामा अवार्ड हात परेको छ । चलचित्र छक्का पञ्जा-४ ले उत्कृष्ट चलचित्रको अवार्डसँगै उत्कृष्ट कथा लेखन विधामा दीपकराज गिरी, उत्कृष्ट गायक महिलातर्फ सहिमा श्रेष्ठ (दर्शन सलाम गीत), उत्कृष्ट गायक पुरुषतर्फ डेभिड शङ्कर (दर्शन सलाम गीत), उत्कृष्ट सङ्गीतकार विधामा दीपक शर्माले अवार्ड हात पार्नुभएको छ ।

    त्यसैगरी चलचित्र प्रेम गीत-३ ले अन्तर्राष्ट्रिय प्रमोसन अवार्ड र यसै चलचित्रबाट उत्कृष्ट सिनेमाटोग्राफरमा पुरुषोत्तम प्रधान र राजेश श्रेष्ठले अवार्ड हात पार्नुभएको छ । लक्की फिल्मी अवार्डमा उत्कृष्ट अभिनेतामा चलचित्र महापुरुषबाट वरिष्ठ कलाकार हरिवंश आचार्य र उत्कृष्ट अभिनेत्रीमा चलचित्र झिङ्गे दाउबाट कलाकार केकी अधिकारीले अवार्ड प्राप्त गर्नुभएको छ । साथै, लोकप्रिय कलाकार पुरुषतर्फ आर्यन सिग्देल तथा महिलातर्फ कलाकार वर्षा राउतलाई अवार्ड प्रदान गरिएको छ ।

    उत्कृष्ट सम्पादक विधामा चलचित्र प्रकाशबाट जीवन थापा, उत्कृष्ट निर्देशक विधामा चलचित्र प्रकाशबाट दिनेश रावतलाई अवार्ड प्रदान गरिएको छ । त्यस्तै उत्कृष्ट कम्पोजर अवार्डबाट सङ्गीतकार अर्जुन पोखरेल, स्पेश मुभी अवार्डबाट चलचित्र नालापानी र गायन विधातर्फ गायक तथा सङ्गीतकार आनन्द कार्कीलाई सम्मान गरिएको आयोजक लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की (लक्की)ले जानकारी दिनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली चलचित्र क्षेत्रमा राज्यको लगानी कम भएको आफू जानकार रहेको भन्दै यस क्षेत्रको प्रोत्साहन र प्रवद्र्धनका लागि आफूले सक्दो कोसिस गर्ने बताउनुभयो ।

    भरतपुरमा देशकै ठूलो अन्तर्राष्ट्रियस्तरको सभागृह निर्माण भइरहेको भन्दै अबको एक वर्षभित्रमा सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली रङ्गमञ्चका वरिष्ठ कलाकार नीर शाहले सरकारलाई तिर्ने करको हिसाब गर्दा चलचित्र उद्योग ठूलो क्षेत्र भए पनि सरकारले यसको विकासमा खासै काम गर्न नसकेको गुनासो गर्नुभयो । “नेपाली चलचित्र उद्योगमा वार्षिक रु सात अर्ब बराबरको कारोबार हुन्छ”, उहाँले भन्नुभयो, “विभिन्न तरिकाबाट यो रकमको १५ देखि २० प्रतिशतसम्म हामीले कर तिर्ने गरेका छौँ, तर नेपाली चलचित्र क्षेत्रको विकास खासै हुनसकेको छैन ।”

    विशेषगरी ग्रामीण क्षेत्रका दर्शकको रुचिमा आधारित चलचित्र निर्माण गर्न सकेको खण्डमा नेपाली चलचित्र क्षेत्रको विकास हुने उहाँको भनाइ छ । ग्रामीण दर्शक केन्द्रित चलचित्र निर्माण गर्न चुकेका कारण नेपाली चलचित्रमात्रै हेर्ने दर्शकको सङ्ख्यामा कमी आएको उहाँको भनाइ छ । “नेपाली कलाकारलाई माया गर्ने दर्शकहरू ग्रामीण क्षेत्रमा बढी छन्”, उहाँले भन्नुभयो, “तर उनीहरूको पहुँच चलचित्र घरसम्म छैन । सबैको पहुँच चलचित्र घरसम्म पुर्याउन सरकारको भूमिका महत्वपूर्ण रहन्छ ।”

    एक लाख बढी व्यक्ति नेपाली चलचित्र क्षेत्रमा विभिन्न माध्यमबाट आश्रित रहेको भन्दै शाहले प्रत्यक्षरूपमा ४० हजार व्यक्ति चलचित्रमा आश्रित रहेको बताउनुभयो । अवार्ड वितरण कार्यक्रममा चितवनलाई कर्मथलो बनाएर काम गर्दै आएका विभिन्न क्षेत्रका व्यक्तिलाई समेत सम्मान गरिएको थियो । यस कार्यक्रमलाई नियमितरूपमा बर्सेनि सञ्चालन गर्दै अघि बढ्ने मिडिया हाउसका महाप्रबन्धक एवं कार्यक्रम संयोजक हरि कार्कीले जानकारी दिनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.