• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

विपन्न समुदायको उत्थानका लागि यो कार्यक्रम अति नै आवश्यक: उपमेयर अधिकारी

  •   बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कात्तिक भरतपुर महानगरपालिका १७ नम्बर वडा कार्यालयको आयोजनामा नि:शुल्क विभिन्न सीपमुलक तालिमको बुधबार उद्घाटन भयो। । भरतपुर महानगर १७ नम्बर वडा कार्यालयको हलमा आयोजित उद्घाटन समारोहमा भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारी र वडाध्यक्ष ललितमान तामाङले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका हुन् ।

    दशैं सकिए लगत्तै शुरु हुने उक्त कार्यक्रम दुई महिना बढी चल्ने छ । वडा नम्बर १७ भित्र रहेका विभिन्न १८ वटा टोल सुधार समितिले चयन गरेका घरपरिवारका १३२ जनाले सो तालिम लिनेछन् । विभिन्न पाँच विधाका तालिम सञ्चालन हुने वडाध्यक्ष ललितमान तामाङले बताए । जस अन्तर्गत हरेक टोल सुधार समितिबाट दुई-दुई जना गरी बेसिक कम्युटर कोर्ष र सिलाई कटाईमा ३६-३६ जना चयन भएका छन् । यो कोर्ष २ महिनाको हुनेछ । त्यस्तै कपाल काट्ने, प्लम्बिङ र इलेक्ट्रिसियन तालिममा २०-२० जना चयन भएका छन् ।

    यो तालिम एकमहिनाको हुनेछ । भरतपुर महानगरका उप-प्रमुख चित्रसेन अधिकारीले १७ नम्बरका विपन्न समुदायको उत्थानका लागि यो कार्यक्रम अति नै आवश्यक देखिएको बताए । उनले भने ‘उत्पादन तथा रोजगारीलाई सामाजिक विकासमा निरन्तरता दिन यस किसिमको कार्यक्रमको आवश्यकता थियो ।’ यस तालिमबाट उत्पादित दक्ष जनशक्ती गाउँ टोलमा नै पनि स्वरोजगार हुनसक्ने र परदेश गए पनि हातमा सीप लिएर गएकाले दु:ख पाउने सम्भावना न्यून हुने तर्फ उनको संकेत थियो।

    अधिकारीले भने ‘यस तालिमबाट दक्ष जनशक्तिको उत्पादन भै उनीहरुको आय आर्जन बढ्ने छ भन्ने विश्वास लिएको छु ।’ उनले आउने दिनमा पनि यस्ता कोर्ष तथा तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । त्यस्तै कार्यक्रममा बोल्दै वडाध्यक्ष ललितमान तामाङले सीप सिकेर सीपसंगै जाँगरका साथ काम गर्छु भन्ने अठोट लिएका केही युवाहरुलाई वडाले नै रोजगारी दिने प्रतिबद्धता जनाए । उनले भने ‘तपाईंहरुमा तीब्र इच्छाशक्ती र जोसका साथ काम गर्छु भन्ने अठोट छ भने ध्यान दिएर सिक्नुस् र सीपमा अब्बल हुनुहोस्, तपाईंहरु खाली बस्नु पर्दैन।’

    गाउँ टोलमा इलेक्ट्रिसियन र प्लम्बरको खडेरी लागेको कुरालाई इङ्गित गर्दै उनले भने ‘सीप भएको मान्छेले एक पेट भर्नलाई शिर झुकाउनु पर्दैन ।’ वडाले ल्याएको कार्यक्रममा हरेक वर्ष यसरी नै सीपमुलक तालिमको व्यवस्था गरि गाउँभरी स्वरोजगार युवाको उत्पादन गर्ने वडाध्यक्ष तामाङले बताए। ‘सीप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने नाराका साथ सीप सिकाउने जिम्मा EATAI एण्ड एग्रो ट्रेनर्स प्रा.लि. गुञ्जानगरले लिएको छ ।

    जुन CTEVTबाट सम्बन्धन प्राप्त प्राविधिक शिक्षालय हो । कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख सहित १७ नम्बर वडा कार्यालयका जनप्रतिनिधि, भरतपुर महानगरका कार्यपालिका सदस्य गोपाल दराई लगायत स्थानीय टोल सुधारका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वडा सचिव सञ्जुप्रसाद आचार्यले गरेका थिए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.