फिस्लिङ । चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै बोलेरो गाडी दुर्घटना भएको छ । फिस्लिङ्गबाट हात्तिबाङ्ग चल्ने प्रदेश नं. ३ ०१ ०२२ च २८११ नम्बरको बालेरो गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा परि ४ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । घाईते हुनेहरुमा इच्छाकामना गाउँपालिका २ का ७५ वर्षीया दिलमाया प्रजा, २६ वर्षीया सबिना राना, ४० वर्षीया पार्वती कंडेल र १९ वर्षका सुजन चेपाङ रहेका छन् ।
उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारको लागि भरतपुर पठाईएको छ ।








