• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

फूलैफूलका चाड तिहारअघि नै फूल फुलेपछि…

  •   शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ । फूलैफूलको चाड तिहार अर्थात् भाइटीका यो वर्ष यही कात्तिक–२९ गते परेको छ । यो चाडमा दिदीले भाइलाई र बहिनीले दाजुलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गरेर फूलमाला लगाइदिने परम्परा छ । तर, यसवर्ष खोटाङमा तिहारअघि नै फूल फुलेपछि दिदीबहिनीहरु चिन्तित बनेका छन् । विगत वर्षमा तिहार अर्थात भाइटीकाभन्दा सात÷१० दिनअघि मात्रै फुल्ने फूलहरु यस वर्ष जिल्लाका अधिकांश गाउँहरुमा दसैैँ अगाडि नै फुलेका छन् ।

    कतिपय गाउँमा रोपिएका फूलहरु फुलेर ओइलाइसकेका छन् भने कतिपय गाउँमा ढकमक्क छन् । माँझकिरात भनेर चिनिने खोटाङका अधिकांश किरातवस्तीमा भाइटीकादेखि हरिबोधनी एकादशीसम्म तिहार मनाउने चलन छ । एउटा घरका चेली (दिदीबहिनी) ले गाउँभरिका माइती (दाजुभाइ) लाई फूलमाला लगाइदिने गर्छन् । माइती पुज्नका लागि रोपिएका फूल तिहार अगाडि फुलेपछि आफू चिन्तित बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटकी आस्था मगरले गुनासो सुनाउनुभयो ।

    “तिहार आउन अझै १३ दिन बाँकी छ । अहिले नै फूल टिपेर राखौँ भने चिस्यान केन्द्र छैन”, उहाँले भन्नुभयो, “बारीको डिलभरि फुलेका फूलहरु जम्मा गर्ने हो भने धेरै मूल्यका छन् । सबै फूल बढीमा हप्तादिन रहन्छ होला । यस वर्ष कसरी फूलले पु¥याउने भनेर सोचीरहेकी छु ।” खार्मीस्थित बोहोरीबोटमा धेरै माइती भएका चेलीको एउटै घरमा एक सय ५० भन्दा बढी फूलका माला प्रयोग हुने गरेको छ । धेरै माइती भएका चेलीहरु तिहारका लागि फूलको माला जोहो गर्न सयपत्री, गोदावरी र मखमली फूलको विकल्पमा जङ्गलमा पाइने फूल प्रजातिको चुरी र चुलेथ्रो खोज्न थालेका छन् ।

    बोहोरीबोटमा एउटै बंशका ४८ घर दुमी राईहरु बसोबास गरेका छन् । उनीहरु एउटा घरमा फूलमाला लगाइसकेपछि सबै जना जम्मा भएर पुनःअर्को घरमा गएर सामूहिक रुपमा फूलमाला लगाउने गर्छन् । छोरीचेली र बाउमाइती हुल बाँधेर गीत गाउँदै गाउँभरि डुलेर फूलमाला लगाउँदा रमाइलोसमेत हुने गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका दिलकुमार राईले बताउनुभयो । “तिहार छोरीचेली र बाउमाइती भेट हुने र शुभकामना आदानप्रदान गर्ने प्रमुख चाड हो । हामी यसलाई विशेष तरिकाले मनाउँदै आएका छौँ”, टोल सुधार समिति बोहोरीबोटका अध्यक्षसमेत रहनुभएका उहाँले भन्नुभयो, “यस वर्ष तिहार अगाडि नै फूलहरु फुलिसकेका छन् ।

    विगतमा जस्तो फूलैफूलको माला लगाउन पाइएला जस्तो छैन । यस वर्षको तिहार अलि खल्लो होला जस्तो छ !” शिक्षासँगै कृषिमा समेत फरक अभ्यास गरिरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउण्डेशनमा अध्ययन गर्ने विद्यार्थीले लगाएको फूल खेती पनि फुलिसकेका छन् । शुभम्का विद्यार्थीले यस वर्ष १० रोपनी जग्गामा सयपत्री, गोदावरी र मखमली प्रजातिका फूलहरु रोपेका थिए । विगत वर्षहरुभन्दा यस वर्षको तिहार ढिलो भएकाले पनि फूलहरु फुलिसक्न लागेको शुभम्का प्रबन्ध÷निर्देशक सूर्यबहादुर राईले बताउनुभयो । “विद्यार्थीहरुले यस वर्ष दश रोपनी जग्गामा फूल खेती गरेका थिए ।

    सबै फूलहरु अहिले ढकमक्क फुलेका छन् । पहिलो चरणमा फुलेका फूललाई बीउको रुपमा प्रयोग गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “यो अर्गानिक फूल हो । छिमाल–छिमाल फुल्छ । दोस्रो, तेस्रो छिमालको फूल चाँही तिहारका लागि बिक्री गर्ने तयारी गरिएको छ ।” कुटोकोदालोदेखि कम्प्युटरसम्म अध्ययन÷अध्यापन हुने शुभम् फाउण्डेशनका विद्यार्थीले उत्पादन गरेका फूलहरुमध्ये सयपत्री प्रति केजी रु २०० मा बिक्री गर्ने योजना रहेको जनाइएको छ ।

    एक केजी सयपत्री फूलको चारवटा माला हुने प्रबन्ध÷निर्देशक राईले जानकारी दिनुभएको छ । खोटाङ फूल उत्पादनका लागि उपयुक्त भूगोल भएको जिल्ला भएपनि कृषकहरुले अहिलेसम्म व्यवसायिकरुपमा फूल खेती गरेका छैनन् । जिल्लाका स्थानीय तहहरुले व्यवसायिक फूल खेतीका लागि कार्यक्रम बनाए पनि कार्यान्वयन भएको छैन । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा फूलैफूलको चाड तिहार नजिकिएसँगै प्लाष्टिकका फूलहरुको बिक्री बढ्न थालेका छन् ।

    प्लाष्टिकका फूल लगाउनु स्वास्थ्यका लागि हानीकारक हुने स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् । तिहार अर्थात भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई फूलमाला लगाइदिएर मेवा–मिष्ठान्न आदि मनपर्ने कुरा खुवाउने र दिदीबहिनीलाई दानदक्षिणा दिने चलन छ । परापूर्वकालदेखि मानिँदै आइएको तिहार चाडले धार्मिक महत्वसमेत बोकेको छ ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.