• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गर्दै खैरहनी नगरपालिका

  •   शनिबार, कार्तिक २५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । खैरहनी नगरपालिकाले विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गर्ने भएको छ । बिहान र बेलुका गृहकार्य गराउन शिक्षक पठाउने गरी नगरपालिकाले काम गर्न लागेको हो । नगरपालिकाले कार्यविधि बनाएर गृहकार्य कक्षा सञ्चालनमा ल्याउन लागेको र यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु ४५ लाख बजेट विनियोजन गरिएको नगरप्रमुख शशीकुमार खनियाले बताउनुभयो । उहाँका अनुसार कम्तीमा २० स्थानमा गृहकार्य कक्षा सञ्चालनका लागि प्रक्रिया अघि बढाइएको छ ।

    विपन्न १५ जना बालबालिका जुटेपछि ती स्थलमा समयको व्यवस्थापन गरेर बस्तीमा नै शिक्षक पुगेर नियमित गृहकार्य कक्षा सञ्चालन गर्ने छन् । कक्षा सञ्चालनका लागि पढाउने ठाउँ नगरपालिकाले नै व्यवस्थापन गर्ने छ । उहाँले भन्नुभयो, “स्कुलमा पढेर मात्र पुग्दैन । घरमा अभिभावकले पढाउन नसक्ने ठाउँमा हामीले गृहकार्य कक्षा सञ्चालन गर्न लागेका हौँ ।” घरमा पढ्ने ठाउँसमेत व्यवस्थित नभएका बस्तीमा कार्यक्रम सञ्चालन गरिने छ । यसले पढ्ने बानीको विकास गराउने प्रमुख खनियाको विश्वास छ ।

    नगरपालिकाले कक्षा ८ र १० का विद्यार्थीलाई बिहान ६ बजेबाट बेलुका ६ बजेसम्म यस वर्ष पनि पढाउने तयारी गरेको छ । गत वर्ष १० कक्षालाई मात्रै पढाइएकोमा यस वर्ष कक्षा ८ पनि थप गरिँदै छ । अति विपन्नको हकमा वडाको सिफारिसमा परीक्षाको समयमा खानाको समेत व्यवस्थापन गर्ने नीति नगरपालिकाले लिएको नगरप्रमुख खनियाले जानकारी दिनुभयो । नगरभित्र विपन्न परिवारलाई निःशुल्क पढाउने गरी १० जोड दुईमा विज्ञान विषयको समेत पढाइ थालिएको छ ।

    खैरहनी माविमा नगरपालिकाको सहयोगमा विज्ञान पढाइ सुरु गरिएको हो । विज्ञान विषयको पढाइमा सबै विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरिएको छ । अन्य व्यक्ति र सङ्घ संस्थाको सहयोगमा विज्ञान पढ्ने विद्यार्थीलाई साइकल, खाजा र पोसाकको समेत व्यवस्था गरिएको छ । अन्य विषयमा कक्षा ११ का विद्यार्थीलाई विद्यालयले पाँच प्रतिशत र नगरपालिकाले पाँच प्रतिशत छात्रवृत्तिसमेत दिन सुरु गरेको छ । नगरभित्र विषयगत युवा स्वयमंसेवक शिक्षक राखिएका छन् ।

    नगरपालिकाको सहयोगमा हाल ५८ जना विषयगत युवा शिक्षक कार्यरत रहेको खनियाले जानकारी दिनुभयो । विज्ञान, अङ्ग्रेजी, कम्प्युटर र गणित विषयमा आधारभूत र माध्यमिक तहमा शिक्षक राखिएका हुन् । विद्यालयमा पठनपाठन उत्कृष्ट होस् भन्नका लागि विद्यालयमा राम्रो पढाउने शिक्षकलाई अतिरिक्त भत्ताको व्यवस्था गरिएको छ । विद्यार्थीको नतिजाको आधारमा ‘क’ र ‘ख’ वर्गका विद्यालयका शिक्षकलाई भत्ता दिइँदै आइएको छ । दलित सबै र विपन्न छात्राका लागि स्नातक तहमा समेत निःशुल्क पढाइ सुरु गरिएको छ ।

    सामुदायिक क्याम्पसमा स्नातक तहमा ती विद्यार्थीलाई निःशुल्क गरिएको हो । यसका अतिरिक्त अन्य विपन्नका लागि पनि अवस्था हेरेर छात्रवृत्तिको व्यवस्था गरिएको छ । नगरपालिकाका उपप्रमुख कविता उप्रेतीका अनुसार विद्यालयमा अध्यक्ष पद रिक्त रहेका ठाउँमा स्वतः वडा अध्यक्षले जिम्मेवारी लिइ कामकाज नियमित सञ्चालन भइरहेको छ । नगरपालिकाले कार्यविधि बनाएर शिक्षक मिलानको काम गरेको छ भने प्रधानाध्यापकको व्यवस्थापनमा विशेष ध्यान दिएको उहाँको भनाइ छ ।

    सबै सामुदायिक विद्यालयमा जनक शिक्षा सामग्री केन्द्रको एउटै पाठ्यपुस्तक लागू गरिएको छ । उप्रेतीका अनुसार नगरभित्रका विद्यालयमा पठनपाठन कसरी उत्कृष्ट बनाउन सकिन्छ भनेर नगरपालिकाले विभिन्न गतिविधि गर्दै आएको छ । नगरपालिकाभित्र ५१ विद्यालय रहेका छन् । तीमध्ये २७ सामुदायिक छन् ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.