काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापालाई कोरोना संक्रमणभाइरस संक्रमण भएको छ । थापाले आफुलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिएका हुन् । केन्द्रीय समिति बैठकअघि बिहीबार काँग्रेसका नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी गरी १५९ जनाको स्वाब संकलन गरिएको थियो । केन्द्रीय सदस्य थापासहित आमन्त्रित केन्द्रीय सदस्य कल्पना चौधरी र शम्भुलाल श्रेष्ठ र तीनजना सुरक्षाकर्मी र कर्मचारीमा पनि कोरोना देखिएको हो । ‘असोज १५ गते पार्टी कार्यालयमा भएको पीसीआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ।’ थापाले ट्विटरमा लेखेका छन्, ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।’ उनले पछिल्ला दिनहरुमा आफ्नो सम्पर्कमा आएकाहरुलाई सजगता अपनाउन आग्रह गरेका छन् ।








