चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १२ मिलनचोक स्थित कलवडमा दुईजनाको शब भेटिएको छ । एक पुरुष र एक महिलाको शब भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक विजयराज पण्डीतका अनुसार अन्दाजी ३०–३२ वर्षको उमेरका उनीहरुको शब भेटिएको हो । शब दुईवटा बोरामा बाँधेर फालेको अबस्थामा भेटिएकोहुँदा शंकास्पद भएको उहाँले बताउनुभयो ।
आज दिउँसो शब भेटिएको हो ।
शब भेटिए संगै घटनाको अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । हातखुट्टा बाँधेर बोरामा हालेर फालेको अबस्थामा शब भेटिएको उहाँले बताउनुभयो ।








