• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

भरतपुर अस्पतालमा थालेसिमियाका बिरामीलाई छुट्टै डेकेयर सेवा शुरु

  •   सोमबार, पुष २३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर अस्पतालमा थालेसिमियाका बिरामीलाई लक्षित गरी ‘डेकेयर’ सेवा सुरु गरिएको छ । थालेसिमियाका बिरामीलाई समय समयमा रगत चढाउनुपर्ने भएपछि डेकेयर सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीका अनुसार हाललाई तीन शय्याको छुट्टै डेकेयर सुरु गरिएको छ ।

    भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई वार्डमै भर्ना गरिने उहाँले जानकारी दिनुभयो । अस्पतालका बाल रोग विशेषज्ञ डा नारायणबहादुर थापा डेकेयरमा रगत चढाइ सकेपछि कतिपयलाई शरीरमा आइरन बढेर पुनःआइरन घटाउन औषधि दिनुपर्ने बताउनुहुन्छ । आइरन घटाउने औषधि काठमाडौँको कान्ति बाल अस्पतालमा मात्रै निःशुल्क रुपमा पाइने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आइरन घटाउने औषधि निःशुल्क पाइने भएकाले कतिपय बिरामी काठमाडौँ न जाने गरेका छन् ।”

    थालेसिमिया आणुवंशिक अर्थात् वंशाणुगत रुपमा एउटा पिँढीबाट अर्को पिँढीमा सर्ने रोग भएको बताउँदै डा थापाले भन्नुभयो, “आमा वा बुबा वा दुवैमा थालेसिमिया भएमा बच्चालाई हुने सम्भावना धेरै हुन्छ ।” यो रोगका कारण शरीरमा हेमोग्लोविन (रातो रक्त कोषिका) निर्माण हुन समस्या हुने डा थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण भएको कोशिका पनि लामो समय रहँदैन । जसले गर्दा बिरामीलाई बारम्बार रगत चढाउनुपर्ने अवस्था आउँछ ।” थालेसिमिया खासगरी बालबालिकालाई लाग्ने गर्छ ।

    यो रोग लागेपछि बारम्बार रगत नचढाए बालबालिकाको ज्यानै जान सक्छ । जन्मेको दुईदेखि तीन महिनामा यो रोग देखापर्ने उहाँले बताउनुभयो । डा थापाले भन्नुभयो, “बच्चा फुस्रो हुँदै गयो, जण्डिस जस्तो देखियो भने शङ्का गरेर परीक्षण गर्नुपर्छ । परीक्षणका क्रममा रगतमा हेमोग्लोबिन कम हुन्छ ।” दराई, थारुलगायतका जनजातिमा बढी सङ्ख्यामा यो रोग हुने गरेको देखिएको छ ।

    चितवन र यस वरपरको अवस्था हेर्दा ७० प्रतिशत जनजाति र ३० प्रतिशत क्षेत्री बाहुनमा पनि यो रोग देखिएको उहाँले जानकारी दिनुभयो । चितवन र नवलपरासीका गरी एक सय जना थालेसिमियाका बिरामी भरतपुर अस्पतालमा दर्ता भएको डा थापाले बताउनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.