• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

लेखक यात्रीकृत ‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

  •   शनिबार, पुष २८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । कवि, उपन्यासकार तथा निबन्धकार धर्तीचन्द्र यात्रीकृत ‘जङ्गलमा ३३ वर्ष’ पुस्तकको परिचर्चा गरिएको छ । डा ठाकुरनाथ पन्त स्मृति गुठीद्वारा काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय भृकुटीमण्डपमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा वन तथा पर्यावरणका क्षेत्रका वरिष्ठ संरक्षकहरुले कृतिको समीक्षा गर्नुभयो । वरिष्ठ साहित्यकार शैलेन्द्र साकारले वन तथा निकुञ्ज क्षेत्रमा रही राष्ट्रसेवा गरिरहनुभएका यात्रीले नेपालको वन, वन्यजन्तु र निकुञ्जसहितको तथ्य, तथ्याङ्क र सूचनासहितको कृति प्रकाशित गरी योगदान पु¥याउनुभएको बताउनुभयो ।

    वरिष्ठ लेखक युयुत्सु आरडी शर्माले नेपालको वन्यजङ्गल, वन्यजन्तु र वनस्पतिको संरक्षण क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका यात्रीको पुस्तक वन्यजन्तुबारे जानकारी प्राप्त गर्ने महत्वपूर्ण दस्तावेज भएको प्रतिक्रिया दिनुभयो । वरिष्ठ साहित्यकार श्यामप्रसाद रिमालले अघिल्लो वर्ष फागुनमा प्रकाशन र विमोचन भएको कृतिबारे नौ महिनासम्म चर्चा परिचर्चा हुन सुखद पक्ष भएको बताउनुभयो । साहित्यकार सविना सिन्धुले यातायात र सूचनाको अभाव रहेका बेलामा बोटविरुवा र वन्यजन्तुको संरक्षणका सन्दर्भमा गर्नुपरेको सङ्घर्ष र भोगाइसहितका पर्यावरण संरक्षणसम्बन्धी तथ्यगत सूचना प्रकाशित गरी यात्रीले राज्यलाई ठूलो सहयोग गर्नुभएको बताउनुभयो ।

    पर्यावरणविद् रोशन शेरचनले पुस्तक पढिरहँदा आफू वन र वन्यजन्तुसँगै रहेको भान हुने मात्र नभई त्यस क्षेत्रमा रहँदा भोग्न परेको दुःख कष्ट, उकाली-ओरालीका कथा व्यथा समेटिएको विचार प्रकट गर्नुभयो । काठमाडौँ फरेष्ट्री कलेजका उपप्राचार्य डा हिमलाल श्रेष्ठले वन र पर्यावरणबारे धेरै सूचनाको खानी रहेको पुस्तकमा यस क्षेत्रको अध्ययन गर्न चाहनेलाई ठूलो खुराक भएको बताउनुभयो । पुस्तकमा बाँदर र पानीको अनुसन्धान, जहाज दुर्घटना र भूकम्पको त्रासदीमा रहन पर्दाका क्षण, स्थान, विषय र प्रसङ्ग उल्लेख रहेको उहाँले बताउनुभयो ।

    साहित्यकार प्रकाश सिल्वालले जागिरे जीवनको उतारचढावसँगै जङ्गल, पर्यावरण र निकुञ्जको रक्षामा केन्द्रित पुस्तकमा एउटा सूचना संवाहक पत्रकारको कार्य जिम्मेवारी जस्तै पर्यावरण संरक्षणका क्षेत्रमा गरिएका कार्यसम्बन्धी मिति, तथ्य तथ्याङ्क सूचना समेटिएको धारणा राख्नुभयो । गुठीका संरक्षक सुष्मा पाण्डे र साहित्यकार उत्तम विचार भेटवालले गुठीले समाज सेवा र साहित्य क्षेत्रमा प्रकाशित पुस्तकको श्रीवृद्धिका लागि सहयोग पुर्‍याउँदै आएको बताउनुभयो ।

    पुस्तकका लेखक यात्रीले राष्ट्र सेवाका सन्दर्भमा लामटाङ, डोल्पा र बर्दिया क्षेत्रमा रहँदा वन क्षेत्रको विकास र विस्तारका लागि गरिएका प्रयास, भोग्नुपरेका समस्या र त्यससम्बन्धी तथ्य तथ्याङ्क समेटेर पुस्तक प्रकाशित गरेको जानकारी दिनुभयो । उक्त पुस्तक छिट्टै अङ्ग्रेजीमा प्रकाशित हुनेछ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.