• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

रुकुमपश्चिमका सडक धमाधम स्तरोन्नति

  •   शनिबार, माघ १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    त्रिवेणी (रुकुमपश्चिम) । राप्ती राजमार्गअन्तर्गत पर्ने रुकुमपश्चिमका विभिन्न सडकखण्ड धमाधम स्तरोन्नति गर्न थालिएका छन् । सडक स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको थियो । राप्ती राजमार्गअन्तर्गत पर्ने मुसीकोट नगरपालिका–४ सोलावङबाट मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने शीतलपोखरीसम्म सडक स्तोन्नति भएपछि आवतजावतमा सहज भएको बसचालक रिमबहादुर पुनले बताउनुभयो । उक्त सडकखण्डमा सडक चौडा, मोड सुधार र कालोपत्र गरिएको छ ।

    “पहिले सडक साँघुरो थियो, साँघुरो सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै हुुन्थ्यो, अहिले सडक स्तरोन्नति भएपछि मोडमा पनि सजिलै यातायातका साधन चलाउन सहज भएको छ”, उहाँले भन्नुभयो । राप्ती राजमार्गअन्तर्गत सल्यानको जलेखर्कबाट रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–९ नुवाकोटको झक्ते खोलासम्म १० किलोमिटर, रुकुमपश्चिमको मुसीकोट नगरपालिका–४ सोलावाङबाट शीतलपोखरीसम्म ६ किलोमिटर र सोलावाङबाट भित्री सडकखण्ड राउखेतसम्म ६ किलोमिटर सडक स्तरोन्नति भइरहेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।

    तीनवटै ठाउँमा सडक कालोपत्र, मोड सुधार र सडक चौडा बनाउने काम भइरहेको छ । राप्ती राजमार्गअन्तर्गत पर्ने सल्यानको जलेखर्कबाट रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–९ नुवाकोटडाँडा झक्ते खोलासम्मको १० किलोमिटर सडक निर्माण गर्न रु २१ करोडमा सम्झौता भएको छ । उक्त सडकखण्डको काम २०७८ चैतदेखि सुरु भएको हो । सडकखण्डको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको प्रमुख शर्माले जानकारी दिनुभयो । उक्त सडकखण्ड २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।

    त्यस्तै राप्ती राजमार्गअन्तर्गत पर्ने मुसीकोट नगरपालिका–४ सोलावाङबाट भित्री सडकखण्ड राउखेतसम्म ६ किलोमिटर सडक कालोपत्रको काम धमाधम भइरहेको छ । विसं २०७९ फागुनदेखि सडक निर्माणको काम सुरु भएको हो । हालसम्म ७० प्रतिशत प्रगति भएको छ । सडकखण्ड स्तरोन्नतिका लागि रु २१ करोड विनियोजन गरिएको छ ।

    सदरमुकाम नजिकको मुसीकोट नगरपालिका–४ शीतलपोखरीबाट सोलावाङसम्मको ६ किलोमिटर सडकखण्डको मोड सुधार, सडक चौडा तथा पहिरो खसेको ठाउँमा तारजाली हाल्ने काम जारी छ । उक्त सडकखण्ड निर्माण गर्न रु छ करोडमा ठेक्का दिइएको छ । सो सडकखण्डको ५० प्रतिशत प्रगति भएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.