• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

निर्वाचन प्रणाली खर्चिलो भएकाले महिलाको उम्मेदवारी कमजोर : सांसद थापा

  •   शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । सङ्घीय सांसदको जिम्मेवारीमा आएको एक वर्ष भयो । संसद्को मूल जिम्मेवारी कानुन निर्माण नै हो । कानुन निर्माणको दृष्टिकोणबाट पहिलो एक वर्ष सोचेजस्तो भएन । एक वर्षमा एउटा मात्रै कानुन पारित भयो । कानुन निर्माणका हिसाबले संसद् प्रभावकारी हुन सकेन । जति विधेयक सदनमा आउन पर्ने थियो, सरकारले त्यो सङ्ख्यामा विधेयक ल्याउन सकेन । त्यसमा कमजोरी भयो । कानुन निर्माणमा सत्ता र प्रतिपक्ष दुवै अग्रसर हुनुपर्थाे । प्रतिपक्ष यसबीचमा कसरी सत्ताप्राप्ति गर्न सकिन्छ भन्ने मै केन्द्रित हुनपुग्यो । त्यसले पनि ऐन बनाउने विषयले कम महत्व पाएको जस्तो अनुभूति भएको छ । चुनावमा दलहरुले आ–आफ्ना ‘एजेन्डा’ लिएर मत माग्न जानु स्वाभाविक हो ।

    कानुन निर्माणमा भने दलहरुबीच सहमति र सहकार्य हुनुपर्ने थियो । यस बीचमा त्यो भएको महसुस भएन । उता सांसदमा नवप्रवेशी र महिला सांसदलाई तुलनात्मकरुपमा कमजोर हुन्छ भन्ने सम्झने र बुझ्ने चलन छ । नेपालको परिवेशमा सांसदको भूमिका कानुन निर्माणमा मात्र सीमित छैन । मतदाताले सांसदलाई विकासका कामसँग जोडेर हेर्ने चलन छ । तथापि, कानुन निर्माण नै प्राथमिकता हो भन्ने विषयमा स्वयं सजग र सचेत हुनुपर्छ । कतिपय विधायकले आफ्नो मुख्य जिम्मेवारी छुट्याउन नसक्दा संसद् र संसदीय समितिमा मात्रै होइन, संसदीय दलमा समेत गणपूरक सङ्ख्याको प्रश्न उठ्दै आएको छ । मैले यो विषयमा दलमा पटकपटक आवाज उठाउँदै आएको छु ।

    विधेयकमा हुने छलफलमा विभिन्न कोणबाट प्रश्न उठ्दा सांसदले मलाई थाहा भएन भन्न मिल्दैन । त्यसका लागि बैठकमा उपस्थित अनिवार्य बनाउनुपर्छ । छलफलमा उपस्थित नभएपछि विषयवस्तु र कानुनी प्रभावबारे कसरी थाहा पाइन्छ ? कानुन निर्माण गरिँदा वा नगरिँदा के कस्तो दीर्घकालीन असर पर्छ अर्थात् के गर्दा के हुन्छ भन्ने कुरा जान्नुपर्छ, थाहा पाउनुपर्छ । संसद् र समितिमा उपस्थित न्यूनतम सङ्ख्या नपुग्दा जिम्मेवारी बोध भएन कि कसो भन्ने लाग्छ । निर्वाचन क्षेत्र र जिल्लाका समस्या एवं भूगोल बुझेको हुनाले एउटा सांसद मन्त्री हुनुहुन्न, अरू कोही भन्ने तर्क त्यति व्यावहारिक हुँदैन । पछिल्लो समय निर्वाचन प्रणाली खर्चिलो भएकै कारण प्रत्यक्ष निर्वाचनमा महिलाको उम्मेदवारी कमजोर बन्न पुगेको छ ।

    आर्थिक पाटोमा महिलाको अधिकार नभएका कारण प्रत्यक्ष निर्वाचनमा महिलालाई टिकट नै नदिने प्रवृत्ति छ । त्यसकारण सामानुपातिकमा पुरुषको सङ्ख्या तुलनात्मकरुपमा कम हुन पुगेको छ । यस विषयमा दलका शीर्ष तहका नेताले सोच्नुपर्ने बेला आइसकेको छ । रुकुम पूर्व देशकै कान्छो र नयाँ जिल्ला हो । जिल्लाको भूगोल अप्ठ्यारो छ । यो पहिले पाल्पा गौडा मातहतमा थियो । पछि कहिले डोल्पा, कहिले रुकुममा गाभियो । सदरमुकामबाट जहिले पनि टाढा रहेपछि विकासका हिसाबले पछि प¥यो । नयाँ जिल्ला भएकाले अभाव धेरै छ । शिक्षा, स्वास्थ्य, सडक र पूर्वाधार विकासका हिसाबले धेरै पछि परेको छ ।

    जिल्लाभरमा एउटा पालिकाको एउटा वडामा मात्र पूर्ण विद्युतीकरण भएको छ । पालिका केन्द्र पुग्न अझै दुई दिन हिँड्नुपर्ने बाध्यता छ । जिल्लाको भूगोल र बजेट विनियोजनको पाटोबाट आफ्नो पार्टी सरकारमा छ भन्ने अनुभूति गर्न पाएको छैन । सबै हिसाबबाट उपेक्षित छ । अर्काेतर्फ संसद्मा पनि कतिपय अवस्थामा महिला भएकै कारण विभेद भएको महसुस गरेको छु । शून्य समयमा हामी महिलाले समसामयिक र जिल्लाका कुरा उठाउँदै आएका छौँ । विशेष समय र अरू बेला पुरुषले पहिला र बढी समय पाउनुहुन्छ । हामीलाई थोरै समय दिइन्छ । त्यो पनि सबै बोलेर हिँडिसकेपछि अन्तिम समयमा बोल्ने अवसर मिल्छ । त्यहाँ त्यसबेला खाली कुर्सीमात्रै हुन्छन् ।

    महिलालाई समानुपातिक भनेर दोस्रो दर्जाका रुपमा हेरिने चलन छ । व्यवस्था फेरिए पनि जनताको अवस्था उस्तै छ । प्रणाली परिवर्तन भयो तर प्रवृत्ति बदल्न सकेनाँै । प्रजातन्त्रको पुनः स्थापनापछि शासकीय र सत्तामा पुगेका नेतृत्व तहले देश र जनताप्रति जिम्मेवारी महसुस गरेनन् । फलस्वरुप जनतामा असन्तुष्टि देखिन पुग्यो । राज्यप्रति जनताको विश्वास कमजोर भयो । विद्यार्थी र युवा विदेश पलायन हुन बाध्य भए । सत्ता र सरकारी संयन्त्रको निर्णायक तहमा बस्नेले ठीक समयमा सही निर्णय गर्न सकेनन् । त्यसको एउटा उदाहरणका रुपमा कतिपय विश्वविद्यालय, कलेजमा विद्यार्थी सङ्ख्या अहिले ह्वात्तै घटेको छ ।

    प्रतिस्पर्धाका आधारमा अब्बल व्यक्ति छान्नुपर्नेमा राजनीतिक भागबन्डामा कुलपति, शिक्षाध्यक्ष, क्याम्पस प्रमुख नियुक्ति गर्ने होडबाजीले नेपाली युवालाई विदेश जान मलजल गरेको छ । यही अवस्था रहेमा अबको १० वर्षपछि नेपालमा ज्येष्ठ नागरिक मात्रै रहने हुन् कि भन्ने स्थिति बनेको छ । यो अवस्था अन्त्य गर्न राजनीति नेतृत्वले समयमै सोच्नुपर्छ भन्ने लाग्छ । देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन हामी अहिलेजस्तो भूमिकामा छौँ, नेतृत्वलाई सजग र सचेत गराउने काम दृढताका साथ गर्छाैं ।

    विश्वका कतिपय देश हिउँ नै हिउँले ढाकिएका छन् । कोही देश मरुभूमि र बगर मात्रै छन् । नेपाल भने प्राकृतिक विविधताले भरिपूर्ण र सुन्दर छ । नेपाली युवा विद्यार्थीको भविष्य यहीँ छ । विदेशमा सिकेका ज्ञान स्वदेशमै प्रयोग गर्नुपर्छ । भ्रष्टाचारको अन्त्य र सुशासन प्रवद्र्धन गर्नेतर्फ सबैको जोडबल हुनुपर्छ । अनि छोटो समयमै मुलुकलाई समृद्ध तुल्याउन सकिन्छ । अब धेरै कुर्न पर्दैन । स्वर्ग यहीँ छ, देशलाई माया गरौँ । (‘सांसदसँग रासस संवाद’ अन्तर्गत सांसद कुसुमदेवी थापासँग राससका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको कुराकानीमा आधारित । नेपाली कांग्रेसकी सांसद थापा रुकुम पूर्वको पुथा उत्तरगङ्गा–१० का स्थायी बासिन्दा हुनुहुन्छ ।

    विसं २०५२ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीति यात्रा सुरु गर्नुभएकी नेत्री थापासँग सङ्घको केन्द्रीय समिति सदस्य, नेपाल राष्ट्रिय मगर सङ्घको संस्थापक सदस्य र उपसभापति भई काम गरेको अनुभव छ । समानुपातिक निर्वाचन प्रणालीमा आदिवासी जनजाति समूहबाट निर्वाचित उहाँ यसअघि नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा केन्द्रीय कोषाध्यक्ष र पार्टीको केन्द्रीय सदस्यको प्रत्याशी समेत हुनुभयो ।)

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.