काठमाडौं । लुम्बिनी प्रदेशका सभामुख पूर्ण घर्तीलाई कोरोना संक्रमण भएको छ । शुक्रबार बिहान सभामुख घर्तीसहित उनको सचिवालयका कर्मचारी र सुरक्षाकर्मीमा गरिएको कोरोना परिक्षणमा साँझ सभामुखको रिपोर्ट पोजेटिभ आएको सभामुखका स्वकीय सचिव ध्रुवविक्रम ओलीले बताए। अन्य सबैको रिपोर्ट भने नेगेटिभ आएको छ । संक्रमण देखिएसँगै सभामुख घर्ती होम आईसोलेसनमा बसेका छन् । उनी स्वस्थ्य रहेको र स्वास्थ्यमा कोरोनाको कुनै लक्षण नदेखिएको ओलीले बताए । साथै, उनले सभामुखको सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रह गरेका छन् । यसअघि शुक्रबार दिउँसो मात्र लुम्बिनीकै आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।








