• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

सुस्ता जोड्ने झोलुङ्गे पुल अन्तिम चरणमा

  •   शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर  । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)को नारायणी नदीपारी रहेको सुस्ता गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । विसं २०७२ असोज १५ मा सम्झौता भएर नारायणी नदीमाथि निर्माण सुरु गरिएको नेपालकै लामो झोलुङ्गे पुलको काम आठ वर्षपछि बल्ल पूरा हुन लागेको हो । सस्पेन्सन बृज डिभिजन कार्यालयका साइट इञ्चार्ज (सव–इन्जिनियर) गोपालबहादुर थापाका अनुसार भारतीय भूमिसँग जोडिएको नदी पारीको सुस्ता जोड्न निर्माण सुरु गरिएको ‘त्रिवेणी–महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुल’को काम ९० प्रतिशत पूरा भएको हो ।

    सुस्ताको लाइफलाइनको रुपमा रहेको सो झोलुङ्गे पुल निर्माणका लागि काठमाडौँको बालाजुस्थित त्रिशूली–आश्रय जेभीले तीनपटक म्याद थप गरी अहिले सम्पन्न गर्ने तयारीमा रहेको छ । “झोलुङ्गे पुलमा वाक वे एडजस्टमेन्ट (हिँड्ने बाटो जोड्ने) काम थोरै बाँकी रहेको र पुलको दायाँबायाँ जाली लगाउनेुपर्ने काम बाँकी छ”, उहाँले भन्नुभयो, “एडजस्टमेन्टको काम सकेर पुलको दायाँबायाँ जाली लगाउने काम सकिएपछि लगभग पुल तयार हुन्छ ।”

    हिँड्ने बाटो जोड्ने र जाली लगाउने कामपछि झोलुङ्गे पुलको लठ्ठा तन्काएर पुल सञ्चालन गरिने सव–इन्जिनियर थापाले बताउनुभयो । पुल निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम म्याद ३० फागुन, २०८० सम्म रहेको भन्दै उक्त अवधिमा सबै काम सकाएर निर्माण पक्ष पुल हस्तान्तरण गर्ने तयारी रहेको उहाँको भनाइ थियोे । “वाक वे निर्माणका लागि आवश्यक फलाम आउन बाँकी छ”, सव–इन्जिनियर थापाले भन्नुभयो, “चितवनमा भट्टी सञ्चालन नहुँदा आवश्यक फलाम बुटवलबाट ल्याउने तयारी गरेका छौँ, बुटवलको भट्टीबाट फलाम ल्याएपछि काम पूरा गर्नेतर्फ लाग्छौँ ।”

    सुस्ता गाउँपालिका–५ स्थित पक्लिहवामा निर्माण भइरहेको मल्टिस्पान झोलुङ्गे पुल नेपालकै ठूलो झोलुङ्गे पुल भएको र यसको लम्बाइ एक हजार ५७१ मिटर रहेको उहाँले जानकारी दिनुभयो । झोलुङ्गे पुलमा जम्मा १३ वटा स्पान रहेकामा दुई सय तीन दशमलव आठ मिटरका पाँच वटा र ६९ मिटरका आठ वटा छन् । पुलको लागत अनुमान मूल्यअभिवृद्धि करसहित रु २९ करोड ४० लाख ७२ हजार छ । पुल सञ्चालनमा आएसँगै दैनिक करिब एक हजारभन्दा बढी मानिस लाभान्वित हुने अनुमान गरिएको छ ।

    “सुस्ताका करिब तीन सय ५० घरपरिवार र नारायणी पारीको भारतीय नागरिकले समेत यस पुलबाट लाभ लिन सक्नेछन्”, सव–इन्जिनियर थापाले भन्नुभयो, “तीनतर्फबाट नारायणी नदीले घेरिएको सुस्ता पुग्न अहिले नेपालतर्फको अन्य भागबाट बाटो नभएकाले डुङ्गामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।” कोरोना कालमा विभिन्न अवरोधका कारण पुल निर्माणको काम दुई वर्षसम्म रोकिएकामा विगत दुई वर्षदेखि पुल निर्माणले तीव्रता पाएसँगै काम अन्तिम चरणमा पुगेको हो ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.