चितवन । चितवनको भरतपुरस्थित सनराइज स्कूलको बसका चालकलाई अज्ञान व्याक्तिले पेस्तोल देखाएका छन । विद्यार्थीलाई घर पु¥याउने क्रममा बुधबार अपरान्ह ४ः१५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्वर ८ सल्यानीमा अज्ञान व्याक्तिले स्कूल बसका चालकलाई पेस्तोल देखाएर धम्की दिएको हो ।
कालो रंगको गाडीमा आएका व्याक्तिले बसका चालकलाई पेस्तोल देखाएको सनराइज स्कूल स्रोतले जानकारी दिएको छ । बसमा केही विद्यार्थी समेत थिए ।
गाडी फर्काउने क्रममा चालकसंग भनाभन भएपछि कारमा आएका व्याक्तिले स्टेरिङ समातिरहेका चालकलाई पेस्तोल देखाएको विद्यार्थीले बताएका छन । यस सम्बन्धमा स्कूलले चितवन प्रहरीलाई जानकारी गराएको जनाएको छ ।








