• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ७. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ८. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ९. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

फोर्ब्स कलेजमा भएको कुलिनरीतर्फ इडन गार्डेन र पावरपोइन्टतर्फ अक्सफोर्डलाई उपाधि

  •   बिहिबार, फागुन १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । चितवनको भरतपुरमा रहेको फोर्ब्स कलेजले आयोजना गरेको तेस्रो संस्करणको अन्तर कलेज कुलिनरी र पावरपोइन्ट प्रतियोगिताको कुलिनरी विधामा भरतपुर–१० को इडन गार्डेन माध्यमिक विद्यालय पहिलो भएको छ ।

    कुलिनरी विधामा पहिलो भएको इडन गार्डेन माविले उपाधिसहित १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको फेब्र्स कलेजका प्रिन्सिपल हरिशरण पाठकले जानकारी दिनुभयो । पाठकका अनुसार प्रतियोगितामा सरस्वती निकेतल मावि दोस्रो भएको छ । उसले १० हजार रुपैयाँ पुरस्कार हात पारेको पाठकलले बताउनुभयो ।

    त्यस्तै, प्रतियोगितामा गुरुकुल कलेज तेस्रो भएको छ । तेस्रो हुन सफल गुरुकुलले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको पाठकको भनाइ छ । तेस्रो संस्करणको प्रतियोगितामा कुलिनरी विधातर्फ नवलपुर र चितवनका २८ वटा कलेज तथा विद्यालय सहभागी रहेका भन्दै पाठकले पहिलो चरणमा विद्यार्थीहरुले क्लासिक चिकेन क्लब स्याण्डविच विथ फ्रेन्च फ्राइज बनाएका बताउनुभयो ।

    दोस्रो चरणमा प्रवेश गरेका विभिन्न आठ वटा शैक्षिक संस्थाले बिहीबार भएको फाइनलमा चिकेन मिटबल विथ टोमाटो सस बनाएका उहाँले बताउनुभयो । भरतपुरको क्षेत्रपुरमा रहेको कलेजले फागुन ९ र १० गते नवलपुर र चितवनका कलेजमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीबीच प्रतिस्पर्धा गराएको थियो ।

    यसैबीच, प्रतियोगिताको पावरपोइन्ट विधामा नवलपुरको अक्सफोर्ड कलेज पहिलो भएको छ । पावरपोइन्टतर्फ पहिलो भएको अक्सफोर्डले पनि रु १५ हजार पुरस्कार प्राप्त गर्न सफल भएको कलेजका प्रिन्सिपल हरिशरण पाठकले जानकारी दिनुभयो । सो प्रतियोगितामा दोस्रो हुँदै न्यू क्यापिटल कलेजले १० हजार रुपैयाँ र तेस्रो हुँदै लिटिल फ्लावर स्कुलले पाँच हजार रुपैयाँ पुरस्कार जितेको छ ।

    नवलपुर र चितवनका कलेजमा कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान अध्ययन हुने १८ वटा शैक्षिक संस्थाबाट विद्यार्थीहरुको सहभागिता रहेको पाठकलले बताउनुभयो । पावरपोइन्ट प्रिजेन्टेसनतर्फ विद्यार्थीहरुले साइबर सेक्युरिटी अन्तरगत रहेर पावरपोइन्ट बनाइ प्रतिस्पर्धा गरेका उहाँको भनाइ छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.