चितवन । चितवनमा चालु आर्थिक बर्ष ०८०, ०८१को सात महिनामा सवारी दुर्घटनाबाट ५९ जनाको मृत्यु भएको छ भने ४१९ जना घाईते भएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आबको साउन देखि माघ सम्म २२३ वटा सवारी साधन दुर्घटनामा परेका थिए ।
सबैभन्दा बढी मृत्यु भित्री सडकमा जिल्लामा चालु आबको साउन देखि माघसम्म भएको सवारी दुर्घटनाबाट सबैभन्दा बढी मृत्यु भित्री सडकमा भएको छ भने कम पृथ्वी राजमार्गमा भएको छ । कार्यालयले दिएको तथ्यांक अनुसार भित्री सडकमा २७ जनाको मृत्यु भएको छ भने सबैभन्दा कम पृथ्वी राजमार्गमा दुईजनाको मृत्यु भएको छ ।
सो अवधिमा भित्री सडकमा सवारी दुर्घटनाबाट २२३ जना घाईते भएका थिए भने पृथ्वी राजमार्गमा सातजना घाईते भएका छन । यस्तै दोस्रो सबैभन्दा बढी मृत्यु पूर्व पश्चिम लोकमार्गमा र नारायणगढ मुग्लिनसडक खण्डमा १२÷१२ जनाको मृत्यु भएको छ भने शहरी खण्डमा ६ जनाको मृत्यु भएको छ ।
सो अवधिमा पूर्वपश्चिम लोकमार्गमा सवारी दुर्घटनाबाट १३८ जना, नारायणगढ मुग्लिन सडकमा ५६ जना र शहरी खण्डमा १३ जना घाईते भएको कार्यालयले जानकारी दिएको छ ।
चितवनका ट्राफिक प्रहरी प्रमुख सुरेश सुबेदीले पछिल्ला समय चितवनमा भित्री सडकको विस्तार तथा फराकिलो भएसंँगै चालकले लेन अनुशासन पालन नगरेका कारण भित्री सडकमा बढी दुर्घटना र मानवीय क्षति बढेको बताउनु भयो ।
‘भित्री सडकमा बिशेषगरी दुईपांँग्रे सवारीसाधन, ओभरस्पीड,मापसे र लापरवाही तरीकाले चलाउंँदा बढी दुर्घटना हुने सोही अनुसार मृत्युको संख्या बढेको पाएका छौं ।’ सुबेदीले भन्नुभयो । राजमार्ग , मुख्यसडक र शहरी खण्डमा चालकले सावधानी अपनाउने र ट्राफिक प्रहरीको नियमित चेकजांँचका कारण पनि दुर्घटनासंँगै मानबीय क्षति अन्य सडकमा भन्दा कम भएको उहांँले बताउनु भयो ।
‘राजमार्गमा अधिकांश चालक सक्षम र सचेत भएर चलाएका पाएका छौं, उहांँले भन्नुभयो, कुनै अपवाद र छिटफुट यान्त्रिक घटना बाहेक पछिल्लो समय यस्ता सडकमा मानवीय क्षति कम भएको छ । ’








