चितवन । काठमाडौंबाट हराएको मोटरसाइकल चितवन ट्राफिक प्रहरीले मोटरसाइकल धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौ डल्लुबाट हराएको ड्युक कम्पनीको बाईक डल्लुका मोटरसाइकल धनी नितेशमान शाक्यलाई आज हस्तान्तरण गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुबेदीका अनुसार मोटरसाइकल धनीले स्वयम्भुमा मोटरसाइकल गत असोज ४ गते हराएको निवदेन पश्चात देशभर खोजतलासको सर्कुलर पश्चात चितवनमा भेट्टाएर शाक्यलाई हस्तान्तरण गरिएको हो ।
चितवन ट्राफिकको नियमित चेकजाँचको क्रममा बागमती प्रदेश ०२–०३७ प २६२८ नम्बरको रातो खरानी कलरको मोटरसाईकलको कागपजपत्र साथमा नरहेको र यस कार्यालयको नियन्त्रणमा लिईएकोमा र उक्त मोटरसाइकल संकास्पद भएकोले अनुसन्धान पश्चात बास्तविक नम्वर बागमती प्रदेश ०२–०४४ प ४३९८ नम्बर रहेको थियो ।
मोटरसाइकल धनी शाक्यले आज सक्कली सवारी दर्ता किताब र नेपाली नागरिकता प्रमाणपत्र सहित कार्यालयको सम्पर्कमा आएकोले उनलाई मोटरसाइकल बुझाईएको प्रमुख सुवेदीले बताउनु भयो ।








