चितवन । सरकारले कम्तिमा २ मिटरको भौतिक दुरी कायम गरेर सेवा दिन भनिरहेको छ । दिनप्रतिदिन कोरोना संक्रमित वढिरहनुको कारण आफूहरुले दिएको सुझाव नमान्नु रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिनैको भनिरहनुभएको छ ।
सरकारको एउटा निकायले उक्त आग्रह अनुरोध गरिरहदा सरकारकै अर्को निकाय राष्ट्रिय वाणिज्य वैँकले भने सेवाग्राहीलाई कोरोना संक्रमणको उच्च जोखिम सृजना गरेर सेवा दिइरहेको छ ।
“सरकारी वैँक नै यति भद्रगोल छ । सेवा लिन आउँदा कोरोना लिएर घर फर्कने हो की भन्ने चिन्तामा छौँ ” भरतपुर यज्ञपुरीका छवि रिजाल ले भन्नुभयो ।
रकम डिपोजिट गर्न आउनु भएको उहाँ १ देखि ढेड घण्टा लाइनमा वस्नुभएको पालो अझै आएको छैन । उहाँको अगाडि पछाडी एक वित्ताको फरकमा पनि सेवाग्राही छैनन । सरकारी वैँकले कम्तिमा व्यस्थित गरेर टोकन प्रणाली गर्नुपर्ने उहाँको भनाइ थियो । माइकिङ गरेर टोकन अनुसार बोलाइदिए सेवाग्राहीले आफै दुरी कायम गर्ने उहाँले बताउनुभयो । भौतिक दुरी भएन र कोरोनाको जोखिम भयो भनी गेटमा रहेका गार्डलाई सेवाग्राहीले भनेको भनेई थिए तर सुन्ने निकाय को ही छैन ।
सर्वसाधरणको अत्यधिक भिड हुने चौविसकोटीमा रहेको बैँकले भोतिक दुरीको नाउँमा न मानिस उभिन कुनै सकेत गरेको छ न भीड मिलाउने काम नै । गेटमा वसेका गार्डले भित्र प्रवेश गर्ने समय ज्वारो त नापेका छन् तर उनीहरु आफै जोखिममा काम गरिरहेका छन् । वैँक प्रशासनको यो हदसम्मको खेलवाडले दुवैलाई संक्रमणको जोखिममा धकेलेको छ ।
घण्टौँ लाइनमा वसेका सेवाग्राहीले कोरोनाको यो समय भौचर लगायत सामान्य सेवा कार्यालय वाहिर वसेर दुरी कायम सहित दिनुपर्ने बताए । वैँकको प्रशासननै निकम्मा रहेछ , चनौलीबाट आउनुभएको सुरज श्रेष्ठले भन्नुभयो, “भौचर मात्रै लिन आएको २ घण्टा भइसक्यो पालो आछैन । भौचर लगायतका आवश्यक सामाग्री त यही वाहिर राख्नुपर्छ नि । ” सवै कुरा लिन लाइनबाट जाँदा एउटा खाता खोल्न दिनभर लाग्ने उहाँको गुनासो छ । वैँकले टोकन प्रणाली लागु गरेर लाईनलाई व्यस्थित बनाउन माग गर्नुभयो । अन्यथा वैँकको सेवा लिन आएको सेवाग्राही कोरोना लिएर घर फर्कने जोखिम वढेको उहाँ बताउनुहुन्छ ।
भरतपुर २५ अमृत नगरबाट वैँकमा आउनुभएका शोभाकान्त भुषालले पोहोर भन्दा वढी भीड भएको बताउँदै कोरोनाको जोखिम भएको समय प्रशानले सजकता अपनाई सेवा दिनुपर्ने बताउनुभयो ।
वाणिज्य वैँकको गम्भीर लापार्वाहीले यसअघि पनि आफ्नै कर्मचारीमा कोरोना संक्रमण देखिएर बँैक नै वन्द गरेको थियो । चौविस कोटीमा रहेको शाखाले चाडपर्वको समय व्यवस्थापनमा जहिले लार्पावाही गर्ने गरेको गुनासो सधैँ आइरहेको हुन्छ । अझ अहिले कोरोनाको समय वैँक संचालन गर्नुपर्ने मापदण्डहरुको ठाडै उल्लंघन गरेर सेवाग्राहीलाई कोरोनाको संक्रमणमा धकेलिरहेको छ । यता सहायक प्रमुख जिल्ला अधिकारी रामवहादुर शाहीले सुरक्षाका मापदण्ड पूर्ण पालना गर्न निर्देशन दिएको र सरकारी काम धेरै हुने भएकाले लाइन व्यवस्थापन सहित अन्य सहयोगका लागि प्रशासन तयार रहेको बताइसकेको बताउनुभयो । यति गर्दा पनि अटेर भएको भए आज आफूले वुझ्ने र थप व्यवस्थापन गर्ने बताउनुभयो । हामीले भनेका छौँ , लाईन व्यवस्थापन गर्न आवश्यक सुरक्षाकर्मी आवश्यक परे उपलब्ध गराउनेछौँ ।”








