• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

सुदूर पश्चिममा दिगो तथा व्यवसायिक कफी खेती प्रवर्द्धनमा इयुको सहयोग

  •   शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्थानीय तहसँग सहकार्य मार्फत कफीको दिगो तथा व्यवसायिक उत्पादन प्रवर्द्धन गर्न साना किसानहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सुदूर पश्चिम प्रदेशको डोटीमा किसानको लागि क्षमता अभिवृद्धि तालिम शुक्रबारबाट सुरू भएको छ।
    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत युरोपियन युनियनको नेपाल व्यापार तथा लगानी कार्यक्रमले डोटीको शिखर नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहकार्यमा उक्त दुई दिने तालिमको आयोजना गरेको हो । यस तालिममा शिखर नगरपालिकाका ३५ जना कफी किसानको सहभागिता छ । ती मध्ये अधिकांश महिला छन् ।

    कफी खेतीको लागि धेरै सम्भावना बोकेको यस जिल्लामा कफीको वैज्ञानिक,दिगो तथा व्यवसायिक उत्पादन तथा उत्पादकत्व बढाइ आपूर्ति क्षमता अभिवृद्धि गर्न यो कार्यक्रमको आयोजना गरिएको हो ।तालिमले संभावित किसानहरूलाई कफी खेतीका वैज्ञानिक विधिबारे जानकारी गराउनुका साथै यसको संभावना र लाभबारे जानकारी दिइ यसक्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उद्देश्य पनि राखेको छ ।

    स्थानीय तह मार्फत उद्यमी तथा किसानलाई कफी मूल्य श्रृंखलामा उनीहरूको उच्चतम सहभागीता सहित आकर्षक प्रतिफलको सुनिश्चितता गराउन यस्ता प्रयासले सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ ।तालिमको अवसरमा १२० वटा कफी विरूवाहरू रोप्नुका साथै नर्सरी व्यवस्थापनबारे प्रयोगात्मक प्रदर्शन गरिने छ ।

    तालिमकी सहभागी विष्ना भाटले तालिमको अवसरबाट आफु धेरै उत्साहित भएको बताउँदै तालिमबाट सिकेको ज्ञानबाट आफूले कफी खेती सुरू गर्ने बताइन् । शिखर नगरपालिका उपप्रमुख सुनिता रावलले कफीको खेतीका लागि स्थानीय तह र सरोकारवाला संस्थाहरूसँगको सहकार्य गरी अघि बढ्ने बताइन् ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशी, युरोपियन युनियनका वरिष्ट कार्यक्रम व्यवस्थापक मिम हमाल, कफी विज्ञडा.बद्री बस्ताकोटी र समाजसेवी अमर वहादुर शाहीले लगायतले देशमा कफीको उत्पादनको संभावना प्रचुर रहेको अवस्थामा उत्पादन देखि प्रशोधन उपभोग र निर्यात सम्मका मूल्य श्रुखलालाई सशक्त बनाउनु पर्नेमा जोड दिए ।उनीहरूले नेपालमा कफीको वृहद सम्भावनालाई उपयोग गर्न सम्बन्धित किसानलाई सचेतना अभिवृद्धि गर्न यस किसिमको तालिम आयोजना भएको बताउँदै विदेशी बजारमा उच्च मूल्य रहेको नेपाली कफीको उत्पादनमा केन्द्रित हुनुपर्ने बताए ।

    नेपालमा१२ लाख हेक्टरमा कफी खेतीको संभावना रहे पनि हाल करिब ४२ जिल्लामा करिब ३६५५ हेक्टरमा कफी खेती हुने गरेको छ । नेपालमा आर्थिक वर्ष २०७९÷८० मा कफीको उत्पादन करिब ३९४ टन रहेको सरकारी आँकडा छ । सोही आर्थिक वर्षमा नेपालले रू १३ करोड ४ लाख ४१ हजार मूल्य बराबरको ७७ टन कफी निर्यात तथा रू ३२ करोड ५८ लाख ६६ हजार मूल्य बराबरको ४५० टन कफी आयात गरेको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.