• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

डीडीसीकै गोदाममा म्याद नाघेकाे १ लाख ९४ हजार ९ सय ७५ किलो बटर भेटियाे

  •   मङ्गलबार, असोज २७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)काे गोदाममा करिब साढे १६ करोड मूल्य बराबरको लेबल नभएको र म्याद नाघेको बटर(मख्खन) भेटिएको छ । काठमाडौं महानगरपालिकाअन्तर्गत रहेको कृषि विभागले मंगलबार बालाजुमा रहेको डीडीसीको दुग्ध वितरण आयोजनामा अनुगमन गर्दा उक्त परिमाणका सामग्री फेला पारेको हो ।विभाग प्रमुख हरिबहादुर भण्डारीका अनुसार वितरण आयोजनामा १ लाख ९४ हजार ९ सय ७५ किलो बटर मौज्दात छ । डीडीसी स्रोतका अनुुसार वितरकलाई किलोको ७ सय ८० रुपैयाँमा बिक्री गरिन्छ । सर्वसमधारणको हकमा प्रतिकिलो ८ सय ५० रुपैयाँ पर्छ ।

    ‘प्रतिकिलो ८ सय ५० रुपैयाँको हिसाबले १६ करोड ५७ लाख २८ हजार रुपैयाँको बटर शंकास्पद छ,’ डीडीसी स्रोतले भन्यो । ती बटर २५/२५ किलोको कार्टुनमा राखिएको छ । तर, अधिकाँश कार्टुनमा लेबल नै छैन । केही कार्टुनमा लेबल भएपनि म्याद सकिइसकेको भण्डारीले जानकारी दिए ।‘निरीक्षण गर्दा पूर्वाधार, प्योकजिङमा पनि कैफियत देखियो । निचोडमा भन्नुपर्दा सुजल डेरीबाट कन्भर्सन गरिएको १ लाख ९४ हजार ९ सय ७५ केजी बटर डीडीसीमा मौज्दात रहेको पाइयो,’ भण्डारीले भने, ‘तर, ती बटर लेबलबिना र म्याद नाघेको रहेछ । हामी थप अनुसन्धान गरिरहेका छौं ।’

    केही प्याकेजिङमा उपभोगका लागि ८ महिनासम्म राम्रो भनिएको छ । तर उत्पादन मिति भने नोभेम्बर २०१९, डिसेम्बर २०१९ रहेका छ । ‘केहीमा उत्पादन मिति नै छैन, मिति उल्लेख भएको प्याकेटको पनि म्याद सकिएको छ,’ भण्डारीले भने । बालाजु दुग्ध वितरण आयोजना प्रमुख गोविन्दराज जोशीले लकडाउन र निषेधाज्ञाका कारण मौज्दात रहेको जानकारी दिए । बटरको म्याद ८ महिना मात्रै नहुने उनले दाबी गरे । ‘लकडाउनले बिक्री हुन नसक्दा मौज्दात रह्यो । यसको म्याद ८ महिना मात्रै हुँदैन, यदि अखाद्य भए विनियमअनुसार कारबाही हुन्छ,’ उनले भने, ‘बटर प्रयोग गर्ने/नगर्ने सन्दर्भमा केन्द्रलाई पत्राचार गरिसकेका छौं । निर्णय आउन बाँकी छ ।’

    स्रोतका अनुसार बटरको गुणस्तर पनि शंकास्पद छ । दूध उत्पादन बढी हुँदा डीडीसीले कन्भर्सनका लागि सुजल डेरीलाई दूध दिन्छ । सुजलले बटर कन्भर्सन गरेर पुनः डीडीसीलाई दिन्छ । यसरी कनभर्सन गर्दा गुणस्तरमा ठूलो घोटाला गरिरहेको स्रोतको दाबी छ । गुणस्तरमा प्रश्न उठेपछि डीडीसीले छानबिन गरे पनि ढिलाइ गरिरहेको छ । यसको पुष्टि पनि अनुगमनबाट देखिएको छ ।

    ‘सरकारी संस्थानबाटै सर्वसाधरणको जिउ/ज्यानमाथि गम्भीर खेलबाड भएको देखियो,’ अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘म्याद नाघेको बटर सर्वसाधारणलाई खुवाउने जोकोहीलाई पनि कानुनी दायरामा ल्याउनु पर्छ ।’सरकारी संस्थानकै गोदाममा ठूलो परिमाणमा म्याद नाघेका खाद्य वस्तु भेटिरहँदा वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरिरहेको अनुगमनमा प्रश्न उठेको उनले आरोप लगाए । खाद्य गुणस्तर (दूध , दही, पानी) लगायतको विषयमा खाद्य प्रविधिले हेर्नुपर्ने हो । तर, अनुगमन केबल अनुगमनको लागि मात्रै भयो,’ उनले भने ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.