• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

फर्मा एक्स्पोको तयारी पूरा, हुन थाले गोष्ठी र तालिमहरु

  •   बिहिबार, फागुन २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा भोलिदेखि हुने नवौं नेपाल फर्मा एक्स्पो २०२४ कोतयारी पूरा भएको छ । एक्स्पोको पूर्वसन्ध्यामा आज औषधीजन्य क्षेत्रका जनशक्तिलाई लक्षित गरी अन्तक्र्रियात्मक गोष्ठी गरिएको हो । नेपाल औषधी उत्पादक संघको आयोजनामा भरतपुरमा हुन लागेको फर्मा एक्स्पोको विविध कार्यक्रम अन्तर्गत आज दुई स्थानमा स्थानमा गोष्ठी सम्पन्न भएका छन् ।

    औषधी उत्पादन क्षेत्रका प्राविधिक जनशक्तिको लागि आज भरतपुरको दियालो फूडल्याण्ड र चितवन मिड टाउन रिसोर्टमा बजार प्रतिनिधिको लागि अन्तक्र्रियात्मक गोष्ठी गरिएको हो । एपोनका क्वालिटी सर्कल संयोजक प्रशंसा श्रेष्ठका अनुसार औषधी उत्पादन क्षेत्रका प्राविधिक जनशक्तिलाई लागि पछिल्लो समय विश्वभर औषधी उत्पादन क्षेत्रमा भइरहेको मेसिन र प्रविधिको विकास बारेमा जानकारी गराइएको बताउनुभयो ।

    सो गोष्ठीमा देशभरबाट आएका विभिन्न औषधी कम्पनीका १५० जनाभन्दा बढी प्राविधिक जनशक्ति सहभागी हुनुहुन्थ्यो । यस्तै सो गोष्ठीमा नेपाल र विदेशबाट आएका  मेसिन सप्लायर्स र औषधी उत्पादक क्षेत्रबाट आएका वक्ताहरुले पछिल्लो समयमा औषधी उत्पादनका क्षेत्रमा विकास भइरहेका प्रविधि र मेसिनबारे जानकारी गराउनु भएको थियो भने सहभागीहरुले जिज्ञासा राख्नु भएको थियो ।

    औषधी क्षेत्रका बजार प्रतिनिधिसँग पनि अन्तत्र्रिmयात्मक गोष्ठी सम्पन्न भएको एपोनका मार्केटिङ सर्कल संयोजक दिपेश प्रधानले जानकारी दिनुभयो । गोष्ठीमा देशभरबाट आएका ८० जना मेडिकल प्रतिनिधी र ३५ जना क्षेत्रीय म्यानेजरको उपस्थिती रहेको थियो ।  गोष्ठीमा विभिन्न कम्पनीका बजार प्रतिनिधिको क्षेत्रमा काम गर्ने जनशक्तिलाई संयुक्त रुपमा व्यवसायिक क्षमता अभिवृद्धिको लागि तालिम सहितको अन्तक्र्रियात्मक गोष्ठी गरिएको संयोजक प्रधानले जानकारी दिनुभयो ।

    औषधी क्षेत्रको बजार प्रतिनिधीहरुलाई नियमित रुपमा क्षमता अभिवृद्धिको कार्यक्रम गरिएपनि एक्स्पोको अवसरमा संयुक्त रुपमा गरिएको गोष्ठीले एकआपसको कम्पनीको भाइचारा वृद्धि हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । औषधि उत्पादनका क्षेत्रमा भएका नयाँ नयाँ प्रविधि विकासलाई एकै थलोमा राखेर जानकारी उपलब्ध गराईएको उहाँको भनाई छ ।

    एक्सपोकै अवसरमा विभिन्न गोष्ठी, तालिम र अन्तक्र्रिया कार्यक्रमहरु हुनेछन् । जहाँ प्रविधि, ज्ञान र सीपको आदानप्रदान हुनेछ ।

    एक्स्पोको तयारी पूरा

    नवौं फर्मा एक्स्पो २०२४ को तयारी पूरा भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन) ले आयोजना गरेको तीन दिने एक्सपो भोलिदेखि शुरु हुन लागेको हो ।

    एपोनका बरिष्ठ उपाध्यक्ष एवं एक्स्पो संयोजक प्रभात रुङ्गटाले तयारी पूरा भएको बताउनुभयो । उहाँले भन्नुभयो “सम्पूर्ण प्रदर्शक आईसक्नु भएको छ, स्टलहरु तयारी भईसकेका छन् ।” भोलि बिहान ७ बजे भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रबाट प्रभातफेरी कार्यक्रम शुरु हुने उहाँले जानकारी दिनुभयो । प्रभातफेरीले भरतपुरको विभिन्न भागको परिक्रमा गर्ने कार्यक्रम रहेको छ । एक्स्पोको औपचारिक उद्घाटन बिहान १० बजे हुने छ ।

    संघले ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ एक्स्पो आयोजना गरेको भन्दै एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले नेपाली औषधि उद्योगको विकास र प्रवद्र्धन गर्नका साथै निर्यात गर्न योग्य नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्दतिका  बारेमा एक्स्पोमा जानकारी पाईने बताउनुभयो । सर्वसाधारणले नेपाली औषधि कसरी बन्दछ, औषधिको गुणस्तर कस्तो छ ? भन्ने कुरा जान्न र आफ्नो देशका औषधि उद्योगले कसरी अन्तर्राष्ट्रिय मापदण्डको प्रयोग गरेका छन् भन्ने कुरा एक्स्पोबाट जानकारी पाउने उहाँको भनाई छ । उहाँले भन्नुभयो “अझै नेपाली आम नेपालीलाई नेपाली औषधिको गुणस्तर विदेशी जस्तो छैन भन्ने भ्रम छ । एक्स्पोमा अवलोकन गरेपछि त्यो भ्रम निवारण हुन्छ ।”

    एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन  लगायत नौ  देशहरूले उत्पादनमा प्रयोग गर्ने मेसिन–उपकरण, ल्याब (प्रयोगशाला), कच्चापदार्थ र नेपाली  औषधि उद्योगले बनाएको औषधिको स्टल राखिएको छ  । एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइने छ । एक्स्पोमा प्रदर्शकहरुको चाप धेरै रहेको भन्दै उहाँले सबैलाई स्टल पु¥याउन नसकिएको बरालले जानकारी दिनुभयो ।

    नवौं नेपाल फर्मा एक्स्पो २०२४ लाई सफलतापूर्वक आयोजना गर्नको लागि एल्माक प्याकेज प्रालि प्लाटिनम स्पोन्सर, एचभीएएक्स मेसिनरी प्रालि र प्यासिफिक लिमिटेड डाइमन्ड स्पोन्सर, एनपीएम मेसिनरी प्रालि, ज्ञानसान र स्याम टोयल प्याकेजिङ्ग गोल्ड स्पोन्सरको रुपमा रहेका छन् । यसैगरी सिल्भर स्पोन्सर आदित्य इन्जिनियरिङ र एकुरेट्स मेसिन र कर्पोरेट्स स्पोन्सरमा आस्था इन्टरनेसनल मिडिया सपोर्टमा स्वास्थ्य पत्रकार मञ्च, डिजिटल पार्टनरमा खल्ती डिजिटल, इभेन्ट पार्टनरमा टोयोटा, एथर र टाटा मोटर्स, इभेन्टमा माइस नेपाल रहेका छन् ।

    नेपालको औषधी उद्योगको सबभन्दा ठूलो र महत्वपूर्ण पर्वको रुपमा रहेको यस एक्स्पोको आम सर्वसाधारणसँगै चिकित्सक, स्वास्थ्यकर्मी, फर्मासिस्ट, नर्स, औषधि व्यवसायी, सञ्चारकर्मी, उद्योगीले गर्नेछन् ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.