गैँडाकोट । नवलपुरको गैँडाकोटमा मोबाईल पसलमा चोरी भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १६ स्थित १६ नम्बर चोकमा यामप्रसाद पौडेलले सञ्चालन गरेको पौडेल मोबाइल लिंकमा गएराति चोरी भएको हो ।
चोरहरुले विभिन्न ब्राण्डका मोबाइल, घडी, र चार्जरहरु लगेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मोबाइल पसलबाट १४ थान सामसुङ मोबाइल, रेडमी १४ थान, ईन्फीनिक्स १४ थान, नोकिया २ थान, ओप्पो २ थान, रियलमी १३ थान, ओनप्लस २ थान, भिभो ३ थान, आइफोन ४ थान, घडी ५० थान र चार्जरहरु चोरि भएका छन् ।
चोरी भएका मोबाइल, चार्जर र घडीको बजारमुल्य अन्दाजी १५ लाख बराबरको रहेको प्रहरी निरीक्षक साजन कुमार शर्माले जानकारी दिनुभयो । प्रहरीले चोरि भए लगत्तै घटनाको गहिरो अनुसन्धान सुरु गरेको छ ।








