चितबन । सवारी दुर्घटना न्यूनीकरण गर्न चितबनमा ट्राफिक सचेतनामुलक बोर्ड जडान गरिएको छ।
सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी चालक तथा यात्रुहरुमा सचेतना जगाउने उदेश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितबन तथा नारायणी माेटर्स र लायन्स क्लब अफ बालकुमारीकाे संयुक्त सहकार्यमा विगतमा समेत बढी दूर्घटना हुने स्थानहरु मध्ये आँपटारी-रामनगर तथा गाेन्द्राङ- टिकाैली जंगल सडकखण्डकाे दुवैतर्फ ४ स्थानमा र गाेलघुम्ती रहेका केन्द्रिय बसपार्क, चाैबिसकाेठी र आँपटारीमा होडिङ्ग बोड जडान गरेको हो ।

सवारी साधनको आवतजावत गर्नेको संख्यामा वृद्धि हुँदै गइरहेको कारण सबारी दुर्घटनामा समेत बृद्धि हुन लाग्दा नागरिक सचेतना तथा ट्राफिक व्यवस्थापन गर्न ट्राफिक सचेतनामुलक होर्डिङ बोर्ड जडान गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताउनुभयो । सवारी दुर्घटना न्युनिकरण गर्न आउने ट्राफिक प्रहरीले विशेष योजना बनाएर काम गरिरहेका कारण सवारी दुर्घटनामा कमी आउने उहाँले बताउनुभयो । यस बोर्डमा ट्राफिक सम्बन्धि सचेतनामुलक जानकारीहरु राखिएको छ।अहिले लगाईएको ट्राफिक बोर्डले सर्वसाधारणमा जागरुकता फैलने प्रमुख भट्टको भनाई छ ।प्रमुख भट्टले नारायणी माेटर्स र लायन्स क्लब अफ बालकुमारी नारायणगढले दूर्घटना न्युनीकरणका क्षेत्रमा गरेको महत्वपूर्ण सहकार्य र सहयोगको लागि बिशेष आभार प्रकट समेत गर्नुभएको छ ।









