• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

महिला उद्यमी मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता

  •   शनिबार, फागुन २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ ।  तनहुँको दमौलीमा शुक्रबारदेखि सुरु भएको महिला उद्यमी मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महिला उद्यमी सङ्घ तनहुँको आयोजनामा दमौलीको खुला मैदानमा सुरु भएको मेलामा तनहुँका अतिरिक्त मुस्ताङबाटसमेत महिला उद्यमीले स्थानीय उत्पादन बिक्रीवितरणका लागि ल्याएका छन् । मेलामा तनहँुभित्रका सङ्घमा आबद्ध विभिन्न इकाइबाट महिलाका अतिरिक्त मुस्ताङको घरपझोङ गाउँपालिका–३ बाट स्थानीय उत्पादन बिक्री वितरणका लागि ल्याइएको छ ।

    मार्फा, फलफूल तथा तरकारी प्रशोधन उद्योगका सञ्चालक सुकुना रसाइलीले मुस्ताङमा उत्पादित विभिन्न सामग्री बिक्री वितरण तथा प्रदर्शनीका लागि ल्याएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महिला उद्यमीले उत्पादन गरेका सामग्री बिक्री वितरण गर्ने कार्यक्रम हुँदैछ भन्ने जानकारीमा आएपछि दमौली आइपुगेका हौँ । मेलामा मुस्ताङमा उत्पादित अर्गानिक सामग्री बिक्रीका लागि राखिएका छन् ।” रसाइलीका अनुसार सिस्नोको पाउडर, जिम्बु, आलुको चिप्स, रातो मकै, टिमुरको छोप, स्याउको जुस बिक्रीका लागि राखिएको छ ।

    मेलामा हालै मात्र सीप सिकेर साबुन बनाएका महिलाले झोल साबुन बिक्रीका लागि राखेका छन् । म्याग्दे गाउँपालिकाको सहयोगमा सीप सिकेका महिलाले आत्मनिर्भर बन्दै आयआर्जनका लागि झोल साबुन बिक्रीका लागि राखेका हुन् । मेलामा व्यास नगरपालिका–११ महिलाले थाकलबाट बनाइएको टोपी प्रदर्शन तथा बिक्रीका लागि राखेका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सङ्घले पहिलो पटक व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेला आयोजना गरेको हो । महिला उद्यमीले उत्पादन गरेका सामग्री बिक्री वितरण गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको सङ्घकी अध्यक्ष निर्मला मल्लले जानकारी दिनुभयो ।

    उत्पादित सामग्रीको बजारीकरणमा सहयोग पु¥याउन मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । अध्यक्ष मल्लले भन्नुभयो, “परम्परागत सीप र पेसालाई प्रवर्द्धन गर्न र स्थानीय उत्पादन बिक्रीका लागि मेला सहयोगी हुने विश्वास लिएका छौँ । यसले महिला उद्यमीलाई थप प्रोत्साहन हुनेछ ।” उहाँका अनुसार मेलामा ५० स्टल रहेका छन् । मेलामा होजियारी, हस्तकला, कृषिजन्य सामग्री बिक्री वितरणका स्टल रहेका छन् । मल्लका अनुसार बाहिरबाट खरिद गरेर ल्याइएका सामग्री बिक्री वितरण गर्न नपाइने र स्थानीयस्तरमा उत्पादित वस्तुमात्रै बिक्री गर्न पाइनेछ ।

    तीन दिनसम्म चल्ने मेलामा करिब ४० हजार दर्शक रहने आयोजकको अनुमान छ । मेला सम्पन्न गर्नका लागि करिब रू सात लाख खर्च हुनेछ । लोप हुँदै गएका परम्परागत सामग्रीको पहिचान र बजारीकरणका लागि मेलाले सहयोग पुग्ने महिला उद्यमी सङ्घ दुलेगौडा इकाइ अध्यक्ष तुलसी शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेका पुस्तालाई परम्परागत सामग्रीका बारेमा जानकारी छैन । त्यसका लागि पनि मेलाले सहयोग पुग्नेछ ।”

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.