• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

११४ औं अन्तर्राष्ट्रिय नारी दिवसमा चितवनका ८ दिग्गज महिलाको सम्मान 

  •   शनिबार, फागुन २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर ।  चितवन जिल्लालाई कर्मभुमि बनाई विभिन्न विधागत क्षेत्रमा पहिलो पटक काम शुरु गर्ने तथा पहिलो पटक नेतृत्वमा पुगेका दिग्गज महिलाहरुलाई चितवनमा भव्य समारोहका बीच सम्मान गरिएको छ । ११४औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आदर्श नारी विकास केन्द्र र आदर्श गृह नेपालले भरतपुरमा समाज रुपान्तरणको अभियानमा न्यायिक, स्वास्थ्य,शिक्षा, सहकारी र यातायातको क्षेत्रमा अगुवाई गर्ने अग्रज महिलाको खोजी गरि सम्मान गरेको हो ।

    सम्मानित हुनेमा चितवनको पहिलो महिला कानुन व्यवसायी अधिवक्ता फुलमाया रानाभाट, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर शारदा कुवँर, पहिलो परिचारिका शकुन्तलादेवी थापा पन्त, पहिलो महिला एक्साभेटर चालक बसन्ती गुरुङ्ग, नेपाल शिक्षक संघ चितवनमा निर्वाचित पहिलो महिला अध्यक्ष इन्दिरा मरहठ्ठा, अखिल नेपाल क्रान्तिकारी शिक्षक संगठनमा निर्वाचित पहिलो महिला अध्यक्ष मन्जु सिम्खडा र लामो समयदेखि आदर्श नारी क्लिनिकमा सेवारत संघर्षशील एकल महिला शिव कुमारी बस्याल रहनुभएको छ ।

    उहाँहरुलाई आदर्श नारी विकास केन्द्र संस्थापक एवं आदर्श गृह नेपालका संरक्षक मीना खरेल र कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य महिला नेतृ माननीय डाः डिला संग्रौलाले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभएको हो । सम्मानित महिला डाक्टर कुवँरले ६० बर्ष पुुगेका आफ्नो कार्यरत संस्था आशा अस्पतालबाट निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गर्नुभयो । अधिव क्ता रानाभाटले सम्मानले आफ्नो जिम्मेवारी थप बढेको बताउँदै आगामी दिनमा पनि हिंसामा परि न्यायको पहुँचबाट टाढा रहेका महिलाहरुको न्यायका लागि ससक्त रुपमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रमममा बोल्दै माननीय डाः संग्रौलाले चितवनमा अग्रणी स्थानमा रहेर सेवा गरिरहेका महिलाहरुलाई राज्यले नै सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । महिलामा लगानीःः सभ्य र समुन्नत समाजको थालनी भन्ने नारालाई दिवसमा मात्र सिमित गर्न नहुने उहाँको तर्क थियो । गृहिणी महिलाको कामको सम्मान स्वरुप सामाजिक सुरक्षा भक्ताको व्यवस्था गर्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य माननीय माया श्रेष्ठ, माननीय गिता गुरुगं, जिल्ला समन्वय समिती चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, भरतपुर महामनगरपालिका स्वास्थय तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल, प्रहरी उपरिक्षक भावेश रिमाल, लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

    आर्थिक र सामाजिक सशक्तीकरणका लागि लगानीको सुनिश्चित गर्न सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमहरु आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले यो दिवस देशव्यापी रुपमा भव्य र व्यवस्थित रुपले मनाउन सरकारी तवरबाट नै आब्हन गरिएको थियो । यस दिवस मनाउन राजनीतिक तवरबाट शुरु भएको भएतापनि हाल महिला अधिकार, महिला सशक्तिकरणर लैगिंक समानता आदि सवालहरु अन्तराष्ट्रिय महिला दिवसका विषयहरु बन्ने गरेका छन् ।

    आदर्श नारी विकास केन्द्रले यस दिवसलाई प्रत्येक बर्ष विशेष पर्वको रुपमा मनाउने गर्दछ । संस्थाका अध्यक्ष उषा खरेल सुवेदीले स्वागत गर्नुभएको उक्त कार्यक्रममा दिवसीय कार्यक्रमका संयोजक उपाध्यक्ष शीशाराई मानन्धरले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.