• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको उपाधि अर्किडकी अनुशालाई

  •   आइतबार, फागुन २७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । तेस्रो संस्करणको एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको उपाधि अर्डिक सेकेण्डरी स्कुलकी अनुशा उपाध्यायले जितेकी छन् । आज (आइतबार) नारायणी कलामन्दिर नारायणगढमा भएको फाइनल प्रतिस्पर्धामा अन्य ९ प्रतियोगीलाई पछि पार्दै अनुशाले उपाधि जितेकी हुन् । उनले उपाधिसंगै नगद ५० हजार रुपैयाँलगायत विभिन्न गिफ्टह्याम्परहरु प्राप्त गरिन् ।

    यस्तै लिटल फ्लवार स्कुलकी सेलेस्था आचार्य फस्ट रनरअप भइन् भने नारायणी नमुना माविकी विपस्वी कुवँर सेकेण्ड रनरअप भइन् । उनीहरुले क्रमशः ३० हजार र २० हजार रुपैयाँका साथै विभिन्न गिफ्टह्याम्परहरु प्राप्त गरे । उनीहरु तिनै जनालाई एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आइइएलटीएस/पीटिई कक्षा र भिजा प्रोसेसिङमा पूर्ण रुपमा छात्रवृत्ति दिएको छ । यस्तै फाइनलमा पुगेका अन्य ७ जना प्रतिस्पर्धीहरुलाई भने एक्सपर्टले आइइएलटीएस/पीटिई कक्षामा पूर्ण रुपमा छात्रवृत्ति दिने घोषणा गरेको छ ।

    विजेताहरुलाई कार्यक्रमकी प्रमुख अतिथि कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुर चितवनकी सेवा आयोगकी अध्यक्ष प्रोफेसर डा.कल्याणी मिश्र त्रिपाठीले पुरस्कार प्रदान गरिन् । फाइनल प्रतिस्पर्धामा प्रतियोगीले दुई चरणमा आफ्नो वक्तव्य प्रस्तुत गरेका थिए । पहिलो चरणमा यसअघि नै आयोजक विमोचन इभेन्ट्स एवं इन्टरटेनमेण्टले दिएको विषयमा आफ्नो प्रस्तुती दिएका थिए भने दोस्रो चरणमा निर्णायकहरुले तत्काल दिएको विषयवस्तुमाथि वक्तव्य दिएका थिए ।

    यी दुई चरणको प्रस्तुतीको आधारमा निर्णायकहरु अमर प्रधान, अजिता अधिकारी र प्रवेश किरण अधिकारीले विजेता टुंगो लगाएका थिए । फाइनल कार्यक्रममा प्रतियोगीहरुको प्रस्तुतीसंगै चर्चित हास्य कलाकार सुवोध गौतमले आफ्नो प्रस्तुती दिएका थिए भने एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको तर्फबाट स्वागत नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका बिजनेश डेभलपमेण्ट म्यानेजर विनोदबाबु रिजाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

    प्रतियोगिताको विमोचन इभेन्ट्स एण्ड इन्टरटेनमेण्ट प्रा.लि.को आयोजना तथा विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श गर्दै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको मुख्य प्रायोजनामा भएको हो । प्रतियोगितामा पहिलो अडिसन माडीमा गरिएको थियो । त्यसलगत्तै गैंडाकोट, पश्चिम चितवन, कावासोती, पर्सा, टाँडी र भरतपुरमा अडिसन भएका थिए । त्यसबाट झण्डै १०० जना प्रतियोगी पहिलो चरणमा छनोट भएका थिए । यस प्रतियोगिताको पहिलो संस्करणमा अरोमा कलेजका चिन्तामणि सुवेदी पहिलो भएका थिए भने दोस्रो संस्करणमा अरोमा कलेजका सौगात आचार्य पहिलो भएका थिए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.