• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

मजदुरबाट मालिक हुँदै मालिकको नेता

  •   सोमबार, फागुन २८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। । कुनै समय होटलमा मजदुरको रुपमा काम गर्न छिरेका एक युवा होटलको मालिक हुँदै अहिले होटल व्यवसायीको नेता बनेका छन् । बि.सं. २०५२ सालमा नारायणगढको एक रेष्टुरेन्टमा मजदुरका रुपमा प्रवेश गरेका उनी अहिले दुई वटा रेष्टुरेष्ट र एउटा होटलका मालिक बनेका छन् । यति मात्रै होइन, होटल व्यवसायी संघ चितवनका अध्यक्ष पनि भएका छन् ।

    गोरखाको घ्याम्पेसालमा बि.सं. २०३७ सालमा जन्मिनु भएका लोकनाथ भट्ट (कृष्ण) यस्ता सफल व्यवसायी बन्नु भएको हो । बि.सं. २०४२ सालमा नवलपरासीको प्रगतिनगरमा बसाई सरेर भट्टको परिवार आएको हो । भविष्यमा डाक्टर बन्ने संकल्पका साथ अध्ययनमा राम्रो सफलता हासिल गर्दै गरेका कृष्णलाई अध्ययनमा अघि बढ्ने बाटो भने सहज भएन ।

    मध्यम परिवारका उहाँकी आमा बिरामी भएर ठूलो धनराशी खर्च भएपछि परिवारमा आर्थिक समस्या थपिंदै गयो । उहाँले अध्ययनलाई अघि बढाउन सक्ने अवस्था नदेखेपछि माध्यमिक तहको पढाई छाडेर रोजगारीका लागि नारायणगढ बजार छिर्नुभयो । नारायणगढमा रहेको भेटघाट रेष्टुरेन्टमा उहाँको मामा सिताराम पन्थ काम गर्नुहुन्थ्यो । मामाको सहयोगले सोही रेष्टुरेन्टमा कृष्ण रोजगारीमा प्रवेश गर्नुभयो ।

    शुरुका दिनमा प्रतिमहिना रु.पाँच सय तलबमा जागिर शुरु गर्नुभएका कृष्ण १० वर्षसम्म सोही रेष्टुरेन्टमा काम गर्नुभयो । रेष्टुरेन्टमा टेबुलबाट भाँडा उठाउनेबाट शुरु भएको उहाँको काम रेष्टुरेन्टका सबै खालको काम गर्ने अवसर मिल्यो । उहाँले भन्नुभयो “जब मैले रेष्टुरेन्ट छोड्दै गर्दा सबै काम गर्न सक्ने भएको थिएँ ।” रेष्टुरेन्ट छोड्ने बेलामा उहाँको तलब रु.८ हजार पुगेको थियो । त्यसो त यो अवधिमा तलबभन्दा बढी टिप्स उहाँले पाउनुहुन्थ्यो ।

    उहाँले भन्नुभयो “१० वटासम्म टेबल मैले एक्लै भ्याउँथे, कम्तीमा सात वटा टेबलकाले टिप्स दिन्थे ।” टिप्सको पैसा जम्मा गरेर भरतपुरको कृष्णपुरमा उहाँले घडेरी किन्नुभयो । विवाहपछि होटल छोड्दै गर्दा टिप्सले किनेको जग्गा बेचेको पैसाले उहाँले बि.सं. २०६२ सालमा आफ्नै रेष्टुरेन्ट खोल्नुभयो । तर त्यति पैसाले पुगेन । नपुग पैसा चर्काे व्याजमा लिएर दैनिक तिर्नुभयो । उहाँले भन्नुभयो “मासु, मदिरा उधारो किनेर बेच्दै तिर्दै गरेँ, अलिअलि बेचेको पैसाले ऋण तिर्दै गएँ ।”

    रु.३ लाख २५ हजारमा उहाँले होटल किन्नुभएको थियो । दुई जना कर्मचारी राखेर श्रीमान् श्रीमती मिलेर खट्नुभयो । दुर्भाग्य होटलको सञ्चालन गरेको १७ दिनमा १९ दिने आन्दोलनले छोयो । मासिक भाडा रु.१३ हजार तिर्नुपथ्र्याे । अन्ततः बन्द खुलेसँगै फेरी राम्रो व्यापार हुन थाल्यो । नारायणगढमा रहेको जमघट रेष्टुरेन्ट दिनानुदिन राम्रै बन्दै गयो । शुरुका दिनमा होटल बाहिर बसेर ग्राहक बोलाउने भट्टको अहिले भरतपुरमा अर्काे रेष्टुरेन्ट र होटल सञ्चालनमा छन् ।

    भरतपुरमा दुई कठ्ठा तीन धुर जग्गा किनेर भट्टले आफ्नै होटल र रेष्टुरेन्ट शुरु गर्नुभएको हो । अहिलेसम्म आईपुग्दै गर्दा नारायणगढको रेष्टुरेन्टमा मासिक रु.१ लाख हाराहारी भाडा तिर्ने भट्टको भरतपुरमा होटल र रेष्टुरेण्टको बैंकको मासिक रु.सात लाख तिर्नुपर्छ । दुवैतिर गरेर २८ जनाले रोजगारी पाएका छन् । त्यसो त आठ जनालाई भट्टले पाँच प्रतिशतका दरले लगानी बिना शेयर दिनुभएको छ । ४० प्रतिशत नाफा काम गर्ने ती आठ जना कर्मचारीले पाउँछन् ।

    हालै मात्र होटल व्यवसायी संघ चितवनको अध्यक्ष हुनुभयो । एक हजार २३१ सदस्य रहेको संस्थाको नेतृत्व गर्दैगर्दा आफ्नो विगतको संघर्षलाई उहाँ सम्झनुहुन्छ । काम गर्दै गरेको रेष्टुरेन्ट छाडेर बेलायत जाने तयारीमा रहनु भएका भट्ट नेपालमै रोकिएर आफ्नो व्यवसाय गरेकोमा निकै खुशी हुनुहुन्छ ।

    संगै पढेका साथीहरु उपसचिव, डाक्टर लगायतका पेशामा छन् । उहाँले भन्नुभयो “मलाई विदेश नगएकोमा पछुतो लागेको छैन ।” उहाँले थप्नुभयो “आफू खुशी हुन आफूभन्दा तलभएकालाई हेर्नु पर्दाेरहेछ, काम गर्न आफूभन्दा माथि गएकालाई हेर्नु पर्दाे रहेछ ।”

    नेपालमै लगनशील भएर काम गर्ने हो भने विदेश जानु नपर्ने उहाँको भनाई छ । एक छोरा र एक छोरी अहिले भरतपुरका राम्रा विद्यालयमा पढाउँदै गर्नुभएका भट्टले छोरालाई होटल म्यानेजमेन्ट पढाउने सोच बनाउनु भएको छ । जसका लागि एक ठूलो होटलमा उहाँको लगानी छ । कक्षा १२ पढ्दै गरेकी छोरीलाई डाक्टर बनाएर काम गर्न एक निजी अस्पतालमा उहाँले शेयर लगानी गर्नुभएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.