नवलपुर । नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा आइतबार दिउसो भएको टिप्पर दुर्घटनामा परेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गैंडाकोट नगरपालिका –१३ बेल्डिहा बस्ने २७ वर्षीय बलिराम महतो रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी साजन शर्माले जानकारी दिनुभयो ।
पाल्पाबाट होङसी सिमेन्ट कम्पनीको चुनढुङ्गा लोड गरी आँउदै गरेको लु १ क ५२८१ नम्बरको टिप्पर बिनयी त्रिवेणी – ३ सालघारी स्थित भित्री सडकखण्डमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको सूचना अधिकारी शर्माले बताउनुभयो ।
दुर्घटनमा परेर चालकको घटना स्थलमै मृत्यु भएको शर्माले जानकारी दिनुभयो ।








