• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ८. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

आदिवासी जनजाति साँस्कृतिक महोत्सवको उद्घाटन आज

  •   शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नारायणगढ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले आयोजना गरेको ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’को तयारी पूरा भएको छ। नारायणी नदी किनारमा हुने महोत्सवको तयारी सकिएसँगै शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनबाट उद्घाटन गर्ने तयारी भएको महोत्सव मूल समारोह समितिका अध्यक्ष महेन्द्र दुराले जानकारी दिए। महोत्सवको उद्घाटन हुनुपूर्व नारायणगढको क्याम्पाचौरबाट महोत्सवस्थलसम्म झाँकीसहित बृहत् र्‍याली निकालिने उनले बताए। महासंघअन्तर्गत जिल्लाको सबै पालिकामा नगरसमितिलाई र्‍यालीमा उपस्थित हुन आग्रह गरिएको उनले बताए। र्‍यालीमा १७ जातिको सहभागीता रहने आयोजकले जनाएको छ।

    २०७८ सालको जनगणनाअनुसार चितवनमा आदिवासी जनजातिका ३९ जातिसहित तीन लाख ३२ हजारभन्दा माथि जनसङ्ख्या छ। त्यसमध्ये १७ जाति संगठित भएर महासंघमा आवद्ध छन्। करिब तीन सय वटा व्यवसायिक प्रदर्शनी कक्ष निर्माण गरिएको महोत्सवमा प्रमुख आकर्षणको रूपमा आदिवासी जनजाति परिसर निर्माण गरिएको छ। उक्त परिसरमा ११ वटा जातजातिले साँस्कृतिक घर बनाएका छन्। ती घरभित्र आदिवासी जनजाति समुदायले दैनिक प्रयोग गर्ने गरेका सामग्रीसमेत प्रदर्शन गरिएको छ।

    महोत्सवलाई आदिवासी जनजाति समुदायको संयुक्त सङ्ग्रहालयको रूपमा परिचय दिलाउनको लागि पनि पुराना सामग्री प्रदर्शनमा राखिएको मूल समारोह समितिका संयोजक दुराले जानकारी दिए। यही महोत्सवबाट नेपालमा हराउँदै गएको आदिवासी जनजाति समुदायको पहिचान, संस्कार र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नमा सहयोग पुग्ने उनको भनाइ छ। संस्कृतिसँगै व्यापारिक महोत्सवसमेत भएको हुँदा व्यापार व्यवसाय प्रवद्र्धनको लागि पनि महोत्सवले भूमिका खेल्ने महोत्सव मूल समारोह समितिका सहसंयोजक सागर कुमालले जानकारी दिए।

    पहिलोपटक आयोजना गरिएको महोत्सवबाट करिब एक करोड रूपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य लिइएको छ। महोत्सव सम्पन्न गर्नको लागि करिब ८० लाख रूपैयाँ खर्च अनुमान गरिएको छ। चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब तीन लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ। महोत्सवमा आदिवासी जनजातिका परिषरसँगै व्यापारिक कक्ष, बालउद्यानसमेत निर्माण गरिएको छ।

    आदिवासी जनजातिका सबै समुदायको साँस्कृतिक नाचगानले हरेक दिन मनोरञ्जन प्रदान गरिने तयारी भएको महोत्सवको साँस्कृतिक संयोजक खिलबहादुर रानामगर (ईश्वर)ले जानकारी दिए। उनका अनुसार हरेक दिन हरेक जातिको साँस्कृतिक प्रस्तुतले मञ्च तताउने छ। त्यसबाहेक स्थानीय तथा राष्ट्रियस्तरमा ख्याति कमाएका विभिन्न विधाका कलाकारहरूले भरपुर मनोरञ्जन प्रदान गर्नेछन्।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.