• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चाडपर्वसँगै सार्वजनिक यातायातमा निगरानी

  •   शुक्रबार, असोज ३०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चाडपर्व शुरु भएसँगै जिल्ला भित्रने र बाहिरनेको सङ्ख्या बढ्न थालेको छ । रोजगारीको सिलसिलामा यहाँ रहेका र अध्ययनका क्रममा जिल्ला आएका घर फर्कन शुरु गरेका छन् । अघिल्ला वर्षमा घटस्थापना अघिनै यात्रुको चहलपहल हुने भए पनि अहिले कोरोना सङ्क्रमणका कारण गरिएको लकडाउन तथा निषेधाज्ञाले यात्रुको चाप त्यति बढेको छैन । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीले कोरोना त्रासले यसपाली यात्रुको चाप खासै नरहेको बताए । घरभित्रै बसेर दशैँलगायतका पर्व मनाउनुपर्ने अवस्था भएकाले यात्रुको चहलपहल नवढेको उनको भनाइ छ । सबै रुटका गाडी भरिभराउ छैनन्, सप्तमीपछि केही चहलपहल बढ्ने आशमा व्यवसायी रहेका छन् । जिल्लामा करिब १५ हजार सार्वजनिक सवारी छन् । नारायणगढको पुलचोक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, टाँडी बजार तथा खैरहनीको पर्सा बजारमा यात्रुको केही चाप देखिन थालेको छ । कोरोनाको त्रास बढिरहेको समयमा स्थानीय प्रशासनले सार्वजनिक सवारी साधनमा निगरानी बढाउन थालेको छ । बढी भाडा असुल्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने जस्ता गतिविधि बढेको गुनासो आउन थालेपछि सार्वजनिक यातायातका सवारी साधनमा निगरानी बढाउन थालिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले मापदण्ड विपरीत सञ्चालन भएको पाइए तत्कालै जरिवाना गरिने बताए । उनले भने, “प्रशासनले तत्काल कारवाही गर्न प्रहरी युनिटलाई निर्देशन दिइसकेको छ ।” यात्रु, चालक, सहचालक सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने भन्दै शर्माले अटेर गर्नेलाई कारवाही गरिने बताए । सङ्क्रामक ऐन २०२० मा आदेश अपहेलना गर्नेलाई एक सयदेखि ६०० रुपैयाँसम्म जरिवाना वा १ देखि ६ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । जिल्ला प्रशासनले असोज २७ गते १४ बुदे निर्देशन जारी गरिसकेको छ । चााडपर्वका बेला एक ठाउँ बाट अर्को ठाउँसम्म मानिसको आवतजावत हुने भएकाले कोरोना सङ्क्रमण फैलिने उच्च जोखिम देखिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बिहीबारदेखि सार्वजनिक सवारीमा आकस्मिक जाँचको अभियान सञ्चालन गरिएको बताए । जिल्लाका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी काम भइरहेकको उनले जानकारी दिए । उनका अनुसार बढी भाडा लिने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई तत्कालै कारवाही गरिने छ ।रासस

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ४.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ७.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ८.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.