• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे

  •   बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ । तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१औँ स्मृति दिवसमा चितवनको दासढुङ्गामा आयोजना गरिएको स्मृति सभा उहाँले मदन–आश्रितले देखाएको बाटोमा हिँड्न सकेमात्र देश र जनताले परिवर्तन र सुशासनको अनुभूति गर्ने धारणा राख्नुभयो ।

    नेकपा (एमाले) चितवनको आयोजनामा भएको सभामा उपस्थित नेता–कार्यकर्ताले उहाँहरूको सालिकमा माल्र्यापणसहित श्रद्धाञ्जलि व्यक्त गरेका थिए । सो अवसरमा एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले शब्दले मदनका अनुयायी हुने होइन, कर्म, व्यवहार, आचरण र चरित्रले सबै मदनका अनुयायी बन्न सकौँ भन्नुभयो । हामीले जीवन र सिद्धान्तको बीचमा सम्बन्ध कायम गर्नेगरी राष्ट्रिय आवश्यकतालाई पूरा गर्न सक्ने सुदृढ र निर्णायक पार्टी बनाउने सङ्कल्प गर्नुपर्ने उहाँको भनाइ थियो ।

    बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जेएन थपलियाले जनतालाई जागृत बनाउँदै उहाँहरूको योगदानको स्मरण गर्दै काम गर्नुपर्ने बताउनुभयो । मदन–आश्रितले देखाएको दिशानिर्देशमा देशको राजनीति अघि बढेको भन्दै समाजवादको आन्दोलन पनि उहाँहरुको विचारमा अघि बढ्ने बताउनुभयो । एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले मदन–आश्रितको विचार कहिल्यै परास्त नहुने भन्दै दासढुङ्गा घटना भएपछि जनताको बहुदलीय जनवाद नेपालीको जनता र कम्युनिष्ट आन्दोलनको मूल मर्म बनेको उल्लेख गर्नुभयो ।

    विसं २०५० जेठ ३ गते चितवनको भरतपुर महानगरपालिका २९ स्थित दासढुङ्गामा भएको जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा चितवनको कविलासस्थित दासढुङ्गामा दुर्घटनामा परेर दुवै नेताको निधन भएको हो । जिप त्रिशूली नदीमा खसेको थियो ।

    दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा बाँच्न सफल भएका थिए । लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.