• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

तुलाधरको मूर्तीकलाले जित्यो एक लाख पुरस्कार

  •   मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ  ।  ललितपुरको बुङ्मतीका सुरेश लवट तुलाधरले परम्परागत मूर्तिकला साधनामा २० वर्ष खर्चिसक्नुभएको छ । परम्परागत कला सिर्जना होमिनेमा उहाँ चौँथो पुस्ता हुनुहुन्छ । पुस्तान्तरण हुँदै आएको कलाको बिँडो उहाँपछिको पुस्ताले धान्ला वा नधान्ला उहाँ यकिनसाथ भन्न सक्ने अवस्थामा हुनुहुन्न । तर तुलाधर भने जीवनलाई यही कलामा समर्पण गरिसक्नुभएको छ । कलायात्राको २० वर्षे यात्रामा उहाँलाई यसपटक अपेक्षा नगरेको उपहार प्राप्त भयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय ललितकला प्रदर्शनी, २०८१ मा राखिएका चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृतिमध्ये सर्वाेत्कृष्ट ठहरिएको ‘२१ तारा’ले रु एक लाख पुरस्कार पायो ।

    उक्त पुरस्कारलाई उहाँ बीस वर्षको मेहनतको उपलब्धि हो भन्नुहुन्छ । प्रदर्शनीमा परम्परागत, आधुनिक, धर्म, संस्कृति, इतिहास, दैनिक जनजीवनसँग सम्बन्धित विभिन्न दृश्य चित्र राखिएका छन् । त्यसमध्ये उहाँको सिर्जना परम्परागत काष्ठमूर्तिकला ‘२१ तारा’ हो । त्यसमा नियमबद्ध र परम्परागत बुट्टाले कलालाई थप आकर्षक बनाएको छ । परम्परागत कला सिर्जना गर्न सजिलो छैन । नियममा रहेर बनाउनुपर्ने भएकाले पनि कठिन हुने उहाँको अनुभव छ । त्यसमाथि कलामा निपूर्ण हुनैपर्छ ।

    उहाँको उक्त सिर्जनामा पाँच वटा ताराको प्रतिनिधित्व पञ्बुद्धले गरेको छ । हरेक ताराले के भन्न खोजेको हो त्यसमा रहेको चिह्न, सङ्केत र वस्तुमार्फत व्यक्त गरिएको छ । ध्यानी बुद्धलाई नै पञ्चबुद्ध भन्ने गरिएको उहाँको भनाइ छ । वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अमिताभ र अमोघसिद्धिको सामूहिक नाम नै पञ्चबुद्ध हो । मूर्तीकलाको तल अष्टमङ्गल रहेको छ । लेखक वसन्त महर्जनले काठमाडौँको बौद्ध समाजमा घरको मुख्य प्रवेशद्वारमाथि लहरै पञ्चबुद्धको चित्र अङ्कित गर्ने चलन रहेको उल्लेख गर्नुभयो । पञ्चबुद्धको नामक्रममा वैरोचन बुद्धलाई पाँच बुद्धको मध्यभागमा राख्ने गरिन्छ । बीचमा ठूलो काष्ठकला (ग्रीन तारा) कुँदिएको छ । त्यसको उत्पलामा विश्वबज्र छ ।

    यसले शक्तिको प्रतिनिधित्व गर्छ । सबैभन्दा अगाडि मञ्जुश्री राखिएको छ । कलाकार तुलाधार भन्नुहुन्छ, “त्यसरी राख्नुको कारण मञ्जुश्री सबैको गुरु हो । त्यसैले कसैले नाघ्नु भएन भनेर अगाडि राखिएको हो ।” एक्काइस वटै तारालाई पहिचान दिने चिह्नहरु छन् । जसले आ–आफ्नो महत्व दर्शाइदिन्छ । पञ्चबुद्धको मुनी धर्मरक्षकका रुपमा गरुड, बेटाल, सिंह, मकर विभिन्न स्वरुपमा कुँदिएको छ । उहाँको सिर्जनामा नागकन्या पनि समावेश छ । बौद्धधर्म अनुसार मनको इच्छा पूरा गर्ने ताराका रुपमा २१ तारालाई लिइन्छ ।

    चाँपको काठबाट बनाइएको परम्परागत काष्ठकलामा रहेको एउटा÷एउटा ताराको छुट्टै महत्व र व्याख्या छ । कलाकार तुलाधरले २० वटा तारा एउटै काठबाट बनाउनुभएको हो । एउटा काठमा कला भर्न सजिलो छैन । त्यसमाथि मसिना बुट्टाका साथै नियममा बाँधिएर कला बनाउनु झन् गाह्रो हुने उहाँको भनाइ छ । एउटा आधार र एउटा तारा छुट्टै काठबाट बताइएको छ । उहाँले काष्ठकला धेरै बनाउनुभयो तर यो अवधारणामा भने पहिलो बनाएको सुनाउनुभयो ।

    “ठूलो र विस्तृतमा बनाइएको यो मेरो पहिलो हो र यसैले सर्वाेत्कृष्ट पुरस्कार पाउँदा खुसी भएँ,” उहाँले भन्नुभयो । साधन मालाअन्तर्गत प्रतिमा लक्षण सिद्धान्तमा आधारित रहेर बनाइएको परम्परागत मूर्तिकलामा नियम मिच्न पाईँदैन । कलाकार तुलाधरले भन्नुभयो, “यो कला नियममा रहेर नै बनाउनुपर्छ, कतै छुट भयो भने कलाको महत्व नै हुन्न, त्यसैले जसले पनि परम्परागत कला बनाउन गाह्रो हुन्छ । शास्त्रहरु जानेकै हुनुपर्छ, कला साधकले नियम बुझेकै हुनुपर्छ ।” उहाँले २१ तारा बनाउन नौ महिना खर्चनुभएको छ ।

    यो परम्परागत काष्ठ मूर्तिकला एक वर्ष घरमा बस्यो । प्रदर्शनीमा लैजाने सोच थिएन तर प्रतिष्ठानबाट प्रदर्शनीका लागि अनुरोध भएपछि मात्रै उहाँले गएको माघमा कला पठाउनुभएको थियो । प्रादेशिक ललितकला प्रदर्शनीमा बागमतीको प्रतिनिधित्व गर्दै प्रदर्शन भएको उक्त कला राष्ट्रिय प्रदर्शनीमा पनि सहभागी भएको थियो । जसमा ११ जना निर्णायकबाट अङ्कका आधारमा तुलाधरको सिर्जना सर्वाेत्कृष्ट बनेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले बताएको छ । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केली भन्नुहुन्छ, “लोककला आफ्नो तरिकाले बनाउन सकिने भए पनि परम्परागत कलामा जे गर भनिएको छ त्यही गर्नुपर्छ टाउको अर्काेपट्टी फर्किएको छ भने त्यस्तै फर्काइएको हुनुपर्छ ।

    अन्य कलामा बरु फरकरुपमा प्रस्तुत गर्न सकिएला, परम्परागत कलामा त्यो छुट कलाकारलाई हुन्न, तुलाधरको सिर्जनामा पनि त्यही नियम लागू छ ।” यसअघि प्रतिष्ठानबाट राष्ट्रिय ललितकला पुरस्कार र विशेष ललितकला पुरस्कार प्राप्त गर्नुभएका तुलाधरले यसपालीबाटै स्थापना भएको सर्वाेच्कृष्ट पुरस्कार प्राप्त गर्नुभयो । उहाँको २० वर्षको अनुभवले यो कला तयार भएको सुनाउनुभयो । “मध्यम वर्गीय र तल्लो वर्गीय कलाकारलाई सिर्जना गरेरै दैनिकी धान्न गाह्रै छ । माथिल्लो तह जसले कामको गुणस्तर दिनसक्छ भने उसको राम्रो छ”, उहाँले भन्नुभयो ।

    उहाँले यसको मूल्य नतोके पनि रु १० लाखभन्दा बढी पर्ने बताउनुभयो । उहाँले यो कला विदेश पठाउने तयारी गर्नुभएको छ । तुलाधरलाई यसरी परम्परागत काष्ठमूर्तिकला कतिले गर्छन् भनेर खासै थाहा छैन । आफ्नो कुरा गर्दा उहाँ बुबाबाटै सीप सिकेको भए पनि स्वर्गीय लक्ष्मण महर्जनको कामको रस समाएको सुनाउनुहुन्छ । भन्नुहुन्छ, “मैले लक्ष्मण महर्जनकै रस लिएको हो, उहाँ जत्तिको काष्ठकलामा कोही छैन जस्तो लाग्छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.