चितबन। ईलाका प्रहरी कार्यालय सिमाराले अबैध लागू औषध सहित एकजना व्यक्तीलाई प्रकाउ गरेको छ। वीरगंजबाट नारायणघाट जादै गरेको ना ६ ख ८९३८ नं.को यात्रु बाहक बसमा सवार यात्रु तथा सामानहरु चेकजाँच गर्ने क्रममा रौतहट साबिक गा.वि.स.बसविटी जिंगडीया वडा नं.१ वस्ने वर्ष २७ को हरि रामको साथवाट ५ (पाँच) वटा पोका भित्र नाईट्राभेट-१० लेखिएको ५० (पचास) पत्तामा जम्मा १५००/-(पन्ध्र सय) पिस ट्याबलेट र १७ पोकामा नुफिन लेखिएको ८५०।– (आठ सय पचास) पिस, फेनारगन लेखिएको ८५०।– (आठ सय पचास) पिस र डाईजेपाम लेखिएको ८५०।- (आठ सय पचास) पिस गरी जम्मा २,५५०।– (पच्चिस सय पचास) एम्पुल वीरगंज पथलैया सडक खण्डमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।यस सम्बन्धि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सिमारा प्रमुख दिपक श्रेष्ठले जानकारी दिनुभएको छ।








