• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

बागमती प्रदेशमा सातवटा कोसेली घर निर्माण गरी हस्तान्तरण

  •   सोमबार, असार ११, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागमती । बागमती प्रदेश सरकारको ‘कोसेली घर’ कार्यक्रमअन्तर्गत मकवानपुरलगायतका विभिन्न जिल्लामा सात वटा कोसेली घर निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ । हस्तकला तथा स्थानीय कृषिउपजको प्रदर्शनी तथा बिक्रीमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बागमती प्रदेश सरकारले ‘कोसेली घर’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    प्रदेश सरकारको सोही कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०८०÷८१ मा मकवानपुरको हेटौँडास्थित बसपार्क क्षेत्रमा, सिन्धुलीको फिकल गाउँपालिकास्थित खाँन्साङमा र सिन्धुपाल्चोकको लिसुन्खु पाखरास्थित सिलढुङ्गामा कोसेली घर निर्माण गरिएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका प्रमुख पुष्करचन्द घिमिरेले जानकारी दिनुभयो ।

    चालु आवमा पाँच वटा कोसेली घर निर्माण गर्ने लक्ष्य रहे पनि जग्गाको व्यवस्थापनमा ढिलाइ हुँदा तीन वटा मात्रै निर्माण गर्न सकिएको उहाँले बताउनुभयो । यसअघि आव २०७९÷८० मा मकवानपुरको कुलखानीमा, थाहा नगरपालिका, चितवनको राप्ती नगरपालिका र सिन्धुलीको मरिन गाउँपालिकामा कोसेली घर निर्माण गरी समुदायमा हस्तान्तरण गरिएको प्रमुख घिमिरेले बताउनुभयो ।

    कोसेली घर निर्माणसँगै स्थानीय हस्तकला तथा कृषिउपजको बजारीकरण गर्न तथा पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने हेटौँडा उपमहानगरपालिका–४ निवासी तरकारी व्यापारी कैलाश थापाको भनाइ छ । “उत्पादित हस्ताकला र कृषिउपज कहाँ राख्ने र बिक्री कहाँबाट गर्ने भन्ने समस्या थियो”, उहाँले भन्नुभयो, “अब किसानले हस्तकलाका सामग्री र कृषिउपज सङ्कलन गरी कोसेली घर ल्याउने र त्यहीबाट बिक्री वितरण गर्न सहज हुनेछ ।” यसबाट स्थानीय उत्पादनले सहज बजार पाउने र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उहाँको विश्वास छ ।

    बागमती प्रदेश सरकारले आगामी आवमा पनि ‘कोसेली घर’ कार्यक्रमलाई दिने घोषणा गरेको छ । गत असार १ गते प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले गर्नुभएको बजेट वक्तव्यअनुसार आगामी आवमा कोसेली घर कार्यक्रमलाई निरन्तरता दिइनेछ । यसरी बागमती प्रदेश सरकारको कोसेली घर कार्यक्रम प्रभावकारी देखिए पनि औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम निर्माण कार्यक्रम सुस्त गतिमा अघि बढेको छ ।

    ‘एक पालिका एक औद्योगिक ग्राम बनाउने अवधारणाअनुसार औद्योगिक क्षेत्र तथा औद्योगिक ग्राम निर्माण कार्यक्रमका लागि प्रदेश सरकारले बजेट विनियोजन गरिए पनि जग्गा व्यवस्थापन हुन नसक्दा योजना अघि बढ्न नसकेको प्रमुख घिमिरेले बताउनुभयो । “हामीले औद्योगिक ग्राम निर्माणका लागि प्रस्ताव आह्वान ग¥यौँ”, प्रमुख घिमिरेले भन्नुभयो, “हाम्रो आह्वानअनुसार औद्योगिक ग्राम निर्माणका लागि पाँच ठाउँबाट प्रस्तावसमेत पेस भयो”, “प्रस्ताव आएका ठाउँमा औद्योगिक ग्रामका लागि चाहिने आवश्यक जग्गा सुनिश्चित नहुँदा काम अघि बढाउन सकेका छैनौँ”, उहाँले भन्नुभयो ।

    औद्योगिक ग्राम निर्माणका लागि धादिङको नीलकण्ठ नगरपालिका, काभ्रेको मण्डन देउखुरी गाउँपालिका, दोलखाको बैतेश्वर गाउँपालिका, मकवानपुरको ठूला दमार र चितवको रत्ननगर नगरपालिका १६ वटा प्रस्ताव आएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाले जनाएको छ । प्रस्ताव आएमध्ये धादिङको नीलकण्ठ नगरपालिका–८ मा औद्योगिक ग्रामको केही संरचना निर्माण भए पनि सो क्षेत्र अधिकांश भाग जङ्गलमा परेकाले त्यस पनि काम अघि बढाउन नसकिएको प्रमुख घिमिरेको कथन छ ।

    औद्योगिक ग्राम निर्माणका लागि हिमाली क्षेत्रमा २५ रोपनी, पहाडी क्षेत्रमा ३५ रोपनी र तराई मधेस क्षेत्रमा ५० रोपनी जग्गा आवश्यक पर्छ । तर प्रस्तावित ठाउँमा आवश्यक जग्गा नरहेको र अधिकांश भाग जङ्गल क्षेत्रमा परेकाले औद्योगिक ग्राम निर्माणको काम अघि बढाउन समस्या भएको प्रमुख घिमिरेले बताउनुभयो । रासस

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.