• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

त्रिवेणी साहित्य प्रतिस्ष्ठानको स्थापना दिवसको अवसरमा ८ स्रष्टा सम्मानित

  •   शनिबार, असार १६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा विभिन्न विधाका आठ स्रष्टालाई सम्मान गरिएको छ । त्रिवेणी साहित्य प्रतिष्ठानको ३५औँ स्थापना दिवसका अवसरमा आज आठ स्रष्टालाई नगदसहित सम्मान गरिएको हो । प्रतिष्ठानले ‘त्रिवेणी धर्मटीका काव्य पुरस्कार’बाट डा गीता त्रिपाठी, ‘त्रिवेणी रामचन्द्र अन्नपूर्ण हरिमाया नाट्य पुरस्कार’बाट गोपी सापकोटा, ‘त्रिवेणी प्रा डा होमनाथ भगवाती कला वाङ्मय पुरस्कार’बाट रमेश श्रेष्ठ, ‘त्रिवेणी कविवर तीर्थराज स्मृति पुरस्कार’बाट मनोज भण्डारीलाई सम्मान गरेको हो ।

    यस्तै, ‘त्रिवेणी पण्डित नीलकण्ठ काव्य पुरस्कार’बाट प्रकाश चापागाईँ, ‘त्रिवेणी रामहरि श्रेष्ठ कला पुरस्कार’बाट बरुणबाबु घिमिरे, ‘त्रिवेणी गोविन्द भीम कलाश्री पुरस्कार’बाट मुकेश मल्ल तथा ‘त्रिवेणी इन्द्रराज काव्य पुरस्कार’बाट प्रभा भट्टराईलाई सम्मान गरिएको छ । त्रिवेणी धर्मटीका काव्य पुरस्कारको राशि २० हजार तथा अरु पुरस्कारको राशि जनही १५ हजार रहेको प्रतिष्ठानका उपाध्यक्ष भीम शर्माले जानकारी दिनुभयो । स्रष्टा सम्मान तथा पुरस्कार अर्पण कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले आफूहरूले भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।

    “हाम्रा भाषा, साहित्य, कला, संस्कृति रहेमा हाम्रो पनि प्रतिष्ठा र गौरव रहन्छ । त्यसैले यिनको संरक्षण र संवर्द्धनका लागि प्रज्ञा प्रतिष्ठानसहित सबैको सामूहिक भूमिका आवश्यक छ”, उहाँले भन्नुभयो । पालिकाले ध्यान नदिए स्थानीय भाषा, साहित्य, कला, संस्कृति लोप हुने भन्दै सुवेदीले सहकार्य र समन्वयका साथ संरक्षणका काम गर्न आफूहरू तयार रहेको बताउनुभयो ।

    कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य अमर न्यौपानेले स्थानीयस्तरमा रहेका सङ्घसंस्थाले कला र साहित्य संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका बताउनुभयो । त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष इन्द्रराज पौडेलले स्रष्टाहरूको सम्मानका लागि अक्षयकोष स्थापना गरिएको र त्यसबाट प्रतिष्ठानले बर्सेनि पुरस्कार वितरण गर्दै आएको बताउनुभयो ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.