• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

बाढी प्रभावित भन्छन्ः ‘अब हाम्रा दुःखका दिन सुरु भए’

  •   बिहिबार, असार २१, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भजनी (कैलाली) । जिल्लाको भजनी नगरपालिका–३ का सन्तराम चौधरी बर्खायाम सुरु भएसँगै चिन्तित हुनुहुन्छ । बर्सेनि काढा नदीको बाढीबाट महिनौँ दिनसम्म घरविहीन हुनुपर्ने बाध्यता सन्तरामका लागि अझै अन्त्य हुनसकेको छैन । “असोज लागेपछि बर्खाको पीडा कम हुँदै जाँदा असार सुरु भएपछि पुरानै भएर बल्झिएर आउँछ । त्यो पीडामा मल्हम लगाउने कोही छैन”, सन्तराम भन्नुहुन्छ, “बाढीबाट विस्थापित भएर सडकमा आउँदा चाउचाउ र चिउरा ल्याएर आउनेहरू त्यो बीचको समयमा कोही पुग्दैनन् ।

    नदी नियन्त्रणका लागि नीति निर्माण बनाएर कार्यान्वयन गर्ने तहमा पुगेकाहरूको बेवास्ताका कारण बर्सेनि हामीलाई सास्ती हुँदै आएको छ ।” भजनीका शर्मिला चौधरीलाई पनि बर्खा सुरु भएपछि निकै चिन्ता हुन्छ । उहाँलाई आफ्नोभन्दा बढी चिन्ता बालबालिका र पशुचौपायाको हुने गरेको छ । “प्रायः रातिको समयमा आउने बाढीबाट बढी जोखिम हुन्छ । अँध्यारो रातमा बालबालिका, पशुचौपाया र घरका महत्त्वपूर्ण सरसामान कसले र कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्छ”, शर्मिला भन्नुहुन्छ, “जन्मिँदा त्यहीँ बाढीको जोखिममा जन्मेकी म अन्तिम श्वाससम्म पनि बाढीको चिन्ताले छोड्लाजस्तो लाग्दैन ।”

    बाढी र डुबानका कारण विस्थापित भएका नागरिकलाई राहतमा जुट्नुभन्दा सधैँका लागि बाढीको छुटकारा यहाँका स्थानीयले चाहेका क्षितिज चौधरी बताउनुहुन्छ । बर्खायाममा डुबानको जोखिम भएका क्षेत्र र बाढीको पानी निकास हुनेगरी स्थानीय सरकार र सङ्घ तथा प्रदेश सरकारले समन्वय गरेर जोखिम कम गर्न पहल गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । “राहत यसअघि पनि पाएका थियौँ, फेरी पाइन्छ । बाढीको दीर्घकालीन समाधान भएको हामीले कहिले देख्न पाउने ?”, क्षितिज प्रश्न गर्नुहुन्छ, “राहतबापत आएको चाउचाउ, चिउरा र एक बोतल पानीले एकपटकको भोक र प्यास मेटिन्छ तर हाम्रो दुःख मेटिनेगरी काम होस् भन्ने चाहना छ ।”

    भजनी–१ ठेङ्गरपुरका भलमन्सा राजु चौधरीको बुधबार आएको कान्द्रा नदीको बाढीले घरमा भएका सबै खाद्यान्न सामग्री नष्ट भएका छन् । एकाएक नदीमा आएको बाढी बस्तीमा पसेपछि स्थानीयले घरमा भएको खाद्यान्नसहित आवश्यक सामान सुरक्षित गर्न नसक्दा नष्ट भएको राजु बताउनुहुन्छ । “खासै वर्षा भएको थिएन । एकाएक बाढी बस्तीमा पसेपछि धनमाल जोगाउन सकिएन”, उहाँ भन्नुहुन्छ, “आफ्नो आवासको व्यवस्थापन कता गर्ने, खाद्यान्नको व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको छ ।”

    सोही ठाउँका कल्लु चौधरी कान्द्रा बर्सेनि दुःख बनेर आउने गरेको बताउनुहुन्छ । “बर्खा बर्सेनि हाम्रा लागि दुःखको समय हो । कुनै वर्ष छैन होला घर छाडेर त्रिपालमा गएर बस्नु नपरेको”, उहाँ भन्नुहुन्छ, “स्थानीयको समस्या तिनै तहका सरकारलाई जानकारी हुँदा पनि दीर्घकालीन समस्या समाधानतर्फ ध्यान जान सकेको छैन ।” स्थानीय जनप्रतिनिधिले विशेष पहल गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरी स्थानीय सरकारको स्रोतले यहाँका नागरिकलाई ओभानोमा राख्न सक्ने स्थिति नरहेको बताउनुहुन्छ । प्रदेश र सङ्घ सरकारसँग समस्या समाधानका लागि आग्रह गरिएको भन्दै हालसम्म भजनीको दुःखमा मल्हम लगाउन नसकेको उहाँ बताउनुहुन्छ ।

    “म आफैँ पनि बाढीबाट प्रभावित हुँदै आएको छु । यसवर्ष नगरपालिका क्षति कम गर्ने योजनाअनुसार पूर्वतयारीमा लागेको छ । यसमा प्रदेश र सङ्घ सरकारले सहकार्य र समन्वय गर्ने विश्वास लिएका छौँ”, नगरप्रमुख चौधरी भन्नुहुन्छ । दीर्घकालीन रुपमा नदी नियन्त्रण नहुँदा बर्सेनिको बाढीले स्थानीयलाई सास्ती हुने गरेको छ । भजनी नगरपालिकामा काढा, कान्द्रा र पथरैया नदीको बाढीले बर्सेनि हजारौँ नागरिक विस्थापित हुँदै आएका छन् । बाढीबाट प्रभावित नागरिकका लागि हुलाकी राजमार्ग आश्रयस्थल बन्दै आएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.