काठमाडौँ । नेकपा नेता जर्नादन शर्मालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । परीक्षण गर्दा आफूलाई संक्रमण पुष्टि भएको बताउँदै उनले पछिल्लो केही दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन र समस्या देखिएमा परीक्षण गराउन आग्रह गरेका छन् । उनले भने, ‘कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी गराउँद छु। केहि दिन यता म सँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’








